Home » प्रधानमन्त्रीको रोहवरमा भ्रष्ट्राचारको फाईल खुल्यो पार्टीकै भएपनी छोडिन्न: नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्रीको रोहवरमा भ्रष्ट्राचारको फाईल खुल्यो पार्टीकै भएपनी छोडिन्न: नारायणकाजी श्रेष्ठ

by newnagarikdiary
0 comment

शिर्षक: प्रधानमन्त्रीको अनुमतीले भ्रष्ट्राचारको फाईल खोलेको हो पार्टीकै भएपनी छोडिन्न: नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

बुधवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री समेत रहेको श्रेष्ठले सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताए ।

यस्तै, सरकारले भ्रष्टाचारको फाइल खोलेका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा फाइल खोलेको बताए। छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने बताए ।

सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ । पछिल्लो समय सुन प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिएको छ ।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा, उपमहासचिव वर्षमान पुनको पनि सुन प्रकरणमा जोडिएको छ। तर, उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन्। यद्यपि, सरकारले छानबिन गरिरहेको छ ।

प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा जारी छ ।

Related Articles

Leave a Comment