Home » गुल्मी अस्पताललाई थप सुविधासम्पन्न बनाउने मेयर पन्थीकाे उद्घाेष,लाखाैलाई सेवा दिने भरपर्दा स्राेत जुटाउँदै

गुल्मी अस्पताललाई थप सुविधासम्पन्न बनाउने मेयर पन्थीकाे उद्घाेष,लाखाैलाई सेवा दिने भरपर्दा स्राेत जुटाउँदै

by newnagarikdiary
0 comment

शिर्षक: गुल्मी अस्पताललाई थप सुविधासम्पन्न बनाउने मेयर पन्थीकाे उद्घाेष,लाखाैलाई सेवा दिने भरपर्दा स्राेत जुटाउँदै

अभियानमा रेसुङ्गा नगरपालिका जाेडदार रूपमा लागि परेकाे छ |

रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले नवनियुक्त अस्पतल प्रमुखलाई नियुक्ति गरेकाे समेत जानकारी गराउँदै स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सेवा तर्फको समुन्नतिको आधार बनाउन हामि निकै गम्भीर छौँ, त्यसै कारण अस्पताल विविध विषयमा निरन्तर छलफल संम्वाद चलाइरहेकाे बताएका छन् |

नगरप्रमुखले यसै सन्दर्भमा आज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) डा. किशोर बञ्जाडे, जिल्लाका प्रमुख राजनैतिक दल र नागरिक समाजसंग अस्पतालको वर्तमान सेवा प्रवाह र आगामी कार्य दिशाका विषयमा विषेश छलफल संम्वाद गरि अस्पतालको बृहत्तर विकासमा एकताबद्ध भइ अगाडि बढ्ने र आवश्यक सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता गरेकाे जानकारी गराएका छन् | मेयर पन्थीले अब अस्पतालले नयाँ गति लिनेछ र आगामी दिनमा लाखौं जनताले भरपर्दो स्वास्थ्य सेवा लिन पाउने विश्वास व्यक्त गरेका छन ।

गुल्मी अस्पताल मेरो अस्पताल !
हाम्रो अस्पताल,राम्रो अस्पताल !!

“समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान !”

सहितकाे नारामा मेयर पन्थीकाे नेतृत्वमा विभिन्न अभियान नगरभित्र चलेकाे छन् |

Related Articles

Leave a Comment