Home » सरकार फेरिदा विकाश निर्माणको काम रोकिन्न व्यवसायी ढुक्क हुनुस :प्रधानमन्त्री दाहाल

सरकार फेरिदा विकाश निर्माणको काम रोकिन्न व्यवसायी ढुक्क हुनुस :प्रधानमन्त्री दाहाल

by newnagarikdiary
0 comment

सरकार फेरिदा विकाश निर्माणको काम रोकिन्न व्यवसायी ढुक्क हुनुस :प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले पुष्पकमल दाहालले मुलुकको निर्माण र समृद्धिलाई महत्व दिएर काम गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीले पुष्पकमल दाहालले व्यवसायीहरु आन्दोलित र दुखी हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै व्यवसायीलाई ढुक्क भएर काम गर्न अनुरोध गर्नुभएको छ । पोखरामा आयोजित गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार हस्तान्तरओण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले नयाँ सत्ता समीकरणका गृहमन्त्री र अर्थमन्त्रीलाई एकैठाउँमा राखेर व्यवसायी मैत्री काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिने गरि गृहकार्य गर्नआफंले वार्ता गरेको बताउनुभएको छ । मुलुकको हितको लागि कानून अधिनमा बसेर काम गर्ने व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने गरि गृहकार्य सुरु गरेको प्रधानमन्त्रीले बताउनुभयो ।

दाहालले मुलुकको उन्नतिको यात्रा नरोकिने बताउँदै “नेपालमा अस्थिर राजनीतिका कारण छिटो छिटो सरकार फेरबदल भएर आत्तिनुपर्ने स्थिति नरहेको बताउनुभयो ।

करिब २२ अर्ब लागतमा बनेको अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल सञ्चालनमा आउन नसकेको विषयमा आफू चिन्तित रहेको बताउँदै प्रधानमन्त्री दाहालले हवाई सञ्चालनका विषयमा थप गृहकार्य सरकारले अगाडी बढाउने बताउनुभयो ।

Related Articles

Leave a Comment