Home » अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला

अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला

by newnagarikdiary
0 comment

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।

उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी गराए।

हराएको नवजात शिशु काँडाघारीमा फेला परेको थियो । उनले भने, ‘बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भइ हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले  रहेको  प्रहरीले जानकारी गराए।     शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।
 
      प्रहरी उपरीक्ष   अधिकारीले  जानकारी अनुसार   मनकुमारी सिंहकाे बिवाह भएको लामाे समय बितिसक्दा पनि बच्चा नभएपछि डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछि शिशु चोरेर आफ्नो बनाउने योजना बनाएको सिंहले बताएकी छन्।

शुक्रबार मध्याह्न १२ बजे ती महिला शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन्। बच्चा खोज्दा नभेटिएपछि दिउँसो १ बजेतिर प्रहरीलाई खबर भएपछि प्रहरी खोजीकार्यमा जुटेको थियो।
समाचारदाता
सिजन राई अपाङ्गता पत्रकार

Related Articles

Leave a Comment