Home » कोशी प्रदेश सरकार निर्माण सकस, मध्यावधिमा जान बाबुरामको सूझाव

कोशी प्रदेश सरकार निर्माण सकस, मध्यावधिमा जान बाबुरामको सूझाव

by newnagarikdiary
0 comment

शिर्षक: कोशी प्रदेश सरकार निर्माणका लागि मध्यावधिमा जान बाबुरामको सूझाव

डा बाबुराम भट्टराईले कोशी सरकार निर्माणका लागि मध्यावधिमा जानु पर्ने जनाएका छन् ।

२ पटक सरकार ढलेपछी पुन कोशी प्रदेशमा सरकार गठनका लागि दलहरुबिच रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् । ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन्, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरे पछि गत शुक्रवार सर्वोच्च अदालतले उल्टाई दिए पछि कोशी सरकार निर्माण थप सकस परेको छ ।

Related Articles

Leave a Comment