Home » (मोती,बसन्त,सागर)-(खरिदार देखी अफिसरसम्म-खबर गुल्मीलाई सुनाईदेउ)

(मोती,बसन्त,सागर)-(खरिदार देखी अफिसरसम्म-खबर गुल्मीलाई सुनाईदेउ)

by newnagarikdiary
0 comment

(मोती,बसन्त,सागर)-(खरिदार देखी अफिसरसम्म-खबर गुल्मीलाई सुनाईदेउ)

गुल्मीका तिन जना नासुहरु एकैपटक अफिसरमा सिफारिस

(यि तिनजनाले कसरी पढे ! कसरी मिहेनत गरे ! सायद कति फ्रि र दबाबमा पढे ! तपाई सुन्नु भो भने अचम्म लाग्ला यी खासै मिहेनति होईनन अंग्रेजिमा (चिल्ड/रिल्याक्स) भन्छ नि ! नेपालीमा फजुल आदमी भनेजस्तै सायद यिनिहरुको त्यो पल अक्सर मिहेनत पनि त्यसरीनै चिल्ड पाराले गरे ।
सायद यो खबर सुनेर गुल्मी गदगद भएहोला,अब गुल्मी झन खारिदै जान्छ होला बसन्त मोती र सागरका आमाहरुको हालत के होला ! अबत छोरो नेपाल सरकारको सचिवको पद सुरक्षित गरिसक्यो । अब गुल्मीले काठमाडौं पठाएका तिन छोरालाई काठमाडौंले अफिसर बनाएर पठायो भन्दा एकपटक घरको धुरि अलि उँचो हुन्छ होला !)

यहाँबाट पढनुहोस

लोकसेवा आयोगद्धारा लिईएको राजपत्रांकित तृतीय श्रेणीको सबै प्रकारका प्रतिस्पर्धाहरू पार गर्दै नेपाल सरकारको अधिकृतको रूपमा गुल्मी ईश्मा गाउँपालिकाका वर्ष २४ का सागर बसन्त र मोती सिफारिस हुन सफल भएका छन् ।

लोकसेवा आयोगद्धारा लिईने परीक्षा नेपालमा सबैभन्दा निष्पक्ष मानिन्छ । त्यसमा पनि अहिले लोकसेवा भन्नासाथ गुल्मीको नाम अग्र स्थानमा वाचन भैहाल्छ । नहोस पनि कसरी सुरु देखी खरिदार र अफिसर हुनेबेलासम्म संगै बसेर पढने र मेहनत गर्ने विद्दयार्थी नै गुल्मीको नाम सर्वस्थानमा गराउने ज्वलन्त उदाहरण हुन् ।

(चर्चा मोती बसन्त र सागरको)
पहिला मोती बसन्त सागरलाई हार्दिक बधाई उनिहरु एकैपटक खरिदार भए, सुब्बा भए अहिले अफिसर भए ।
मोती बसन्त र सागरको सामान्य विवरण
यी तिनजनाको नै नाम किन समावेश गर्न खोजियो भने यीनिहरु तिनजना न्यायलयमा काम गरे, एकैकोठामा पकाएर खाए, एकैठाउँ सुते, रमाईलो, घुमघाम, घर आउजाउ देखी पानि सम्म पिउँदा लगभग छुंटटिएनन सायद यो सतसंगत नै उनिहरुको सिकाई र आयोगमा अफिसर सम्मको उपलब्धि हासिलको माध्यम बन्यो ।
गुल्मी ईश्मा गाउँपालिका, सामान्य परिवार, कक्षा १२ सम्म/प्लस टु साईन्स, स्नातक तह रत्न राज्य लक्ष्मी क्याम्पस फ्यक्ल्टी मानव संसाधन,औषत उमेर अफिसर हुँदा सम्म २४ वर्षका यी जवानहरु आर्थिक वर्ष २०७५/७६ मा आयोगद्धारा लिईएको सरकारी सेवाको परीक्षा दिएर पहिलोपटकमै खरिदारमा सिफारिस भए । यी तिनजनामध्ये सागर गौतम खरिदार हुन नसकेर नासु हुन पुगे । विचराको खरिदार हुने सपनामा ब्रेक लाग्यो अबत अफिसर भैसके चान्सनै छैन् । नासुमा पनि धेरै ठाउँ सरुवा हुनै पाएनन यी तिनजना खालि राम्रो सेवा बापत भन्दै उत्कृष्ट कर्मचारीको रुपमा पुरष्कृत भए । परिक्षा दिएको एकैपटकमा नतिजा आयो साथिहरु त अफिसर पो भएछन् । वा क्या वात ! एकपटक यो खबर गुल्मीलाई सुनाईदेउ ।

‍त्यही भएर यीनिहरु प्रेरणाका पात्र हुन । काठमाडौं प्रवेश गरिसकेपछी एकैकोठामा ५ जना बस्ने यिनिहरुमध्ये कोही स्थानिय पालिकामा, कोही पुलिस प्रशासनमा छन् भने थप एउटा नाम उच्चारण गर्नै पर्छ नविन अर्याल नेपाल वायुसेवा निगममा हालसालै अफिसरमा सिफारिस भएका छन् । अहिले यिनिहरु नाम निकालेपछी भौतिक रुपमा अलग्गिएका छन् तर अफिसरमा सिफारिस हुनेमिति सम्म यिनिहरु अलग्गिएका छैनन अब भने आफ्नो कर्मले यिनिहरुलाई भौतिक रुपमा दुरी पक्कै बढाउला ।

कसरी पढे
यि तिनजनाले कसरी पढे ! कसरी मिहेनत गरे ! सायद कति फ्रि र दबाबमा पढे ! तपाई सुन्नु भो भने अचम्म लाग्ला यी खासै मिहेनति होईनन अंग्रेजिमा (चिल्ड/रिल्याक्स) भन्छ नि ! नेपालीमा फजुल आदमी भनेजस्तै सायद यिनिहरुको त्यो पल अक्सर मिहेनत पनि त्यसरीनै चिल्ड पाराले गरे कुनै दबाब बिना । न त यीनिहरुलाई परिवारको खासै लगानी पर्यौ न त कोहि दाई भाई वा आफन्त अब त यिनिहरु झन चिल्ड भएर मिहेनत गर्छन त्यो यी पारङ्गत युवाहरुको स्वभाव भैसकेको छ ।

सायद यो खबर सुनेर गुल्मी गदगद भएहोला,अब गुल्मी झन खारिदै जान्छ होला बसन्त मोती र सागरका आमाहरुको हालत के होला ! अबत छोरो नेपाल सरकारको सचिवको पद सुरक्षित गरिसक्यो । अब गुल्मीले काठमाडौं पठाएका तिन छोरालाई काठमाडौंले अफिसर बनाएर पठायो भन्दा एकपटक घरको धुरि अलि उँचो हुन्छ होला ! किनकि घर समालेर बसेकी आमा जो घरको धुरीखाबो थिईन अब त्यो धुरीखाबोमा अलि बलियो धुरीखाबो थपिएको छ । सायद घरको बलेनीले एकपटक मोती बसन्त र सागर घर पुग्दा खडेरीको सुख्खा आगान भिजाउँछ होला-(आमाका भरिएका गहले एकपटक हर्षित हृदयमा आँशु तप्लक्क गर्छ होला । किनकी हर्षका मोती बसन्तमा सागर बनेर अब निजामति सेवामा लागेका छन् । बा त अक्क न बक्क बननुहुन्छ होला किनकी पुरुष रुन त सक्दैनन, के बोल्ने, छोरालाई कसरी पो सम्बोधन गर्ने । खै यसको मेसो यि उर्जावान युवाहरुले आफै मिलाउलान अनि बाको सल्लाह पनि आउला ।

एकैठाउँ सायद त्यसैले यो स्वायत्त निकायले नेपालमा सबै सरकारी सेवाका लागि माग भएबमोजिमा कर्मचारीको योग्यताका आधारमा पदपूर्ती गर्दछ । यसमध्येकै धेरैले रुचाउने र खास गरि कर्मचारीको लागि सुरक्षित पनि मानिने निजामति सेवा संस्थान, सुरक्षा निकाय, वित्तिय संस्थान, न्याय सेवा भन्दा उत्कृष्ट मानिन्छ । यसमा सामान्य, लेखा, परराष्ट्र जस्ता सेवाहरुमा सिफारिस हुने प्रतिस्पर्धामा भिडने विद्दयार्थी हरु मध्येका अलि योग्य र उत्कृष्ट कर्मचारीका रुपमा गनिन्छन् । यि तिन युवाले निजामति सेवाको फलामे ढोका, राजपत्रांकित तृतीय श्रेणीको सबै प्रकारका प्रतिस्पर्धाहरू पार गर्न सफल भएका छन् । सपना त मानिस मरुन्जेल सम्म पुरा हुँदैन तर देखेका केही थान सपना पूरा गरेका छन् । कलिलै उमेरमा उत्कृष्ट नतिजा निकाल्न सफल, सबैको उत्प्रेरणा,जोस, आँट शक्ति र भरोसा यो जोश र मिहनेतलाई आगामी दिनमा सिंगो देशले कसरी सदुपयोग गर्ला, जीवन थप सशक्त र सफलीभुत बनोस्, सार्वजनिक प्रशासनको उच्चतम नेतृत्वसम्मको उल्लासमय शुभकामना मोती सागर अनि बसन्त ।
यी उत्कृष्ट युवाहरुको बारेमा हामी थप केही रोचक र तपाईलाई अझै प्रेरणा मिल्ने जिनिस पस्कने कोशिस गर्नेछौं । जो जहाँ हुनुहुन्छ ।

Related Articles

Leave a Comment