३० दिनमा ९० जनाले बाढी पहिराेमा परि ज्यान गुमाए,१० वर्षमा १८ सयले मनसुनजन्य विपत्तिबाट…
newnagarikdiary
-
-
Breaking NewsPhoto-Featuredसमाज
साउने संक्रान्तीको शुभकामना ! आज लुतो फाल्ने दिन साउने संक्रान्तीको शुभकामना ! आज लुतो फाल्ने दिन १ श्रावण २०८०, सोमबार १०:३५ 0 comment शिर्षक: साउने संक्रान्तीको शुभकामना ! आज लुतो फाल्ने दिन असार सकिएर श्रावण अथवा साउन महिना सुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ । श्रावण महिनाबारे पौराणिक व्याख्या श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान् शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान् शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिव लिङ्गमा जल तथा बेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात् गङ्गा नदी लिएर हिँडेका भगवान् शिव आफै जल हुनुभएको उल्लेख गरिएको छ । यसै हिसाबले पनि यस महिना शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बाग द्वार, महोत्तरीको सोनामाईथान र सिद्धानाथ, सिराहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरूको भीड लाग्ने गर्दछ । श्रावणका काँवरहरू तराई मा यो महिना भरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउन्जेल खुट्टामा चप्पल समेत नलगाई चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्रा कोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डाैको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँट घाट धाम लगायतको विभिन्न शिवालयहरूमा काँवरहरूको ठुलो घूँइचो रहने गर्दछ । श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट सङ्क्रान्ति लाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्त्व रहिआएको छ । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाँग, धतुरो तथा बेली पुष्प समर्पण गरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रही आएको छ । यो रङ्गिन महिनाको सुरुवात भनेकै कर्कट सङ्क्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका अलावा परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि रङ्गिन चुराहरू लाउने गरिन्छ । श्रावणसम्ममा बारीका मकैहरू पनि ठुलै घोगा भइसकेका हुन्छन्, श्रावणको झरीमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । लुतो फाल्ने दिन श्रावण महिनामा सूर्य कर्कट राशिमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरी पर्नुभएकाले मान्छेहरू आव-जावत गर्दा पानीमा रुझ् सक्ने संभावना हुन्छ । त्यसमाथि कृषि अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिट्टिनु लगभग सामान्य झैँ हो । यसर्थ गर्मी र वर्षाको यो असरले वर्षाको महिनाहरूमा चर्म तथा छालासँग सम्बन्धित रोगहरू जस्तै लुतो, दाद, घमौरा या खटिराहरू आउन सक्ने सम्भावना अत्यधिक हुन्छ । साउने सङ्क्रान्ति लाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रूपमा पनि लिइन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । यस दिन नदी किनारमा गई शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ भने कसैले भन्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ। हाम्रो पात्रोबाट साभार
साउने संक्रान्तीको शुभकामना ! आज लुतो फाल्ने दिन साउने संक्रान्तीको शुभकामना ! आज लुतो…
-
Breaking NewsPhoto-Featuredआर्थिकपलिकाखबरप्रदेश ५फोटोफिचरसमाज
अाउँदाे वर्षकाे लागि रेसुङ्गा नगरपालिकाकाे नीति तथा कार्यक्रम प्रस्तुत
अाउँदाे वर्षकाे लागि रेसुङ्गा नगरपालिकाकाे नीति तथा कार्यक्रम प्रस्तुत रेसुङ्गा नगरपालिकाले २०८१/८२ काे नीति…
-
Breaking NewsPhoto-Featuredफोटोफिचरसमाज
हफ्तादिन देखि न्याय माग्दै शान्तिवाटिका धर्नामा अपाङ्गता भएकाहरू
गुडविल इन्लाइटमेन्ट फाउण्डेसन–नेपाल ‐जि.ई.एफ–एन) गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका निबासी पूर्ण अशक्त अपाङ्गता…
-
Breaking NewsPhoto-Featuredअन्तर्वार्ताफोटोफिचरशिक्षा
‘नेटवर्क एजुकेशनल एकेडेमी’मा सरकारी सेवाका सम्पूर्ण तयारी कक्षा विशेष छुटमा संचालन
शिर्षक: लोकसेवा नेटवर्क – नेटवर्क एजुकेशनल एकेडेमी बाट लोक सेवा/शिक्षक सेवा/ बैंकिङ्ग/संस्थानका विभिन्न तयारी…
-
Breaking NewsPhoto-Featuredफोटोफिचरशिक्षासमाज
अपाङ्गता भएका तथा सीमान्तकृत वर्गको अधिकारका लागि लुम्बिनीमा एक्सेस प्लानेटकाे तालिम
अपाङ्गता भएका तथा सीमान्तकृत वर्गको अधिकारका लागि लुम्बिनीमा एक्सेस प्लानेटकाे तालिम अपाङ्गता भएका तथा…
-
Breaking NewsPhoto-Featuredआर्थिकफोटोफिचरसमाजस्वास्थ्य
गाँजा खेतिलाई वैधानिक बनाउने विष्णु सापकाेटाकाे प्रश्तावलाई २०८१/८२ काे बजेटमा कानुनी मान्यता
शिर्षक: गाँजा खेतिलाई वैधानिक बनाउने विष्णु सापकाेटाकाे प्रश्तावलाई २०८१/८२ काे बजेटमा कानुनी मान्यता गाँजाका…
-
Breaking NewsPhoto-FeaturedUncategorizedआर्थिकपलिकाखबरफोटोफिचरमनोरञ्जनसमाज
रेसुङ्गामा साढे चार कराेड लागतमा विभिन्न संरचनासहित मेडिटेसन हल बन्दै
शिर्षक: रेसुङ्गामा साढे चार कराेड लागतमा विभिन्न संरचनासहित मेडिटेसन हल बन्दै रेसुङ्गामा साढे चार…
-
Breaking Newsप्रदेश ३विविधसमाज
लुम्बिनी पीस फाउन्डेसनले गौतम बुद्ध वारे खोजमुलक चलचित्र निर्माण गर्ने
जेष्ठ-१०, काठमाडौं, विश्व शान्ति अभियानको नारा लिएर विश्वम्भर गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाल हो…
-
Breaking NewsPhoto-Featuredआर्थिकपलिकाखबरफोटोफिचरमनोरञ्जन
जिपलाईन र स्काई साईकिलिङ्गकाे निर्माण गरि पर्यटकलाई स्वागत गर्देै रेसुङ्गा
जिपलाईन र स्काई साईकिलिङ्गकाे निर्माण गरि पर्यटकलाई स्वागत गर्देै रेसुङ्गा रेसुङ्गामा जिपलाइन र स्काई…