Home » नगरप्रमुख पन्थीद्वारा करिब १ बजे गुल्मी महाेत्सव उद्घाटन,६० कराेडकाे लक्ष्य

नगरप्रमुख पन्थीद्वारा करिब १ बजे गुल्मी महाेत्सव उद्घाटन,६० कराेडकाे लक्ष्य

by newnagarikdiary
0 comment

शिर्षक:नगरप्रमुख खिलध्वज पन्थीद्वारा करिब १ बजे गुल्मी महाेत्सव उद्घाटन, सम्पूर्ण तयारी पूरा

गुल्मी महाेत्सवका सम्पूर्ण तयारी पुरा भएकाे छ |

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले महाेत्सव उद्घाट गर्ने छन् | करिब १ बजे उद्घाठन गर्ने तयारी अायाेजककाे छ |

जिल्लामै प्रथम पटक रेसुंगा नगरपालिका-९ मा अवस्थित उपल्लो तम्घासको खालाकाचौरमा महोत्सव सञ्चालन हुने भएपछि महाेत्सवबाट उल्लासमय अपेक्षा गरिएकाे छ | महाेत्सवकाे उद्घाटन नगरप्रमुख खिलध्वज पन्थीले गर्ने छन् |

महोत्सवलाई उपल्लो तम्घासबासिले ठुलो प्रतिष्ठा र महिमाका रूपमा ग्रहण गरेका छन् । महोत्सवस्थलमा माैलिकता झल्किने खालकाे गतिविधि प्रष्ट देखिन्थ्याे |

हालसम्म सदुपयोग गर्न नसकिएको खालाकाचौर बेहुली श्रृङ्गारिएझैं देख्दा र महोत्सव स्टलहरू नियाल्दा अब तम्घासको विकल्प तमघासको खाल्डो मात्रै रहेन भन्ने स्थानीयको बुझाई छ ।

त्यतिमात्र होइन्, महोत्सव सञ्चालनस्थल खालाकाचौरमा रहेको सदियौं देखिको शक्तिपिठको महत्व उजागर गर्नका लागि महोत्सवले बिशेष महत्व राख्ने आयोजक गुल्मी उद्योग संघले दाबी गर्दै आएको छ ।

महोत्सव कार्तिक १५ गते बुधबार देखि कार्तिक २५ गते सम्म सञ्चालन हुँदैछ । त्यसैको पुर्वसन्ध्यामा महोत्सव स्थलमा आयोजकले पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको बताएको छ । पहिलो पटक सदियौं पुरानो शक्तिपिठलाई व्यापक प्रचारप्रसार गर्ने उद्देश्य सहित प्रथम ऐतिहासिक गुल्मी महोत्सव सुरू हुन गइरहेको हो । पश्चिम नेपालकै सबै भन्दा पुरानो शक्तिपिठ मानिएको सदरमुकामको उपल्लो तम्घास खालाकाचौर स्थित तम्घासस्थान मन्दिर ओझेलमा परेको भन्दै महोत्सवका माध्यमबाट व्यापक रुपमा प्रचारप्रसार गरिने बताइएको छ । जुन मन्दिर मात्रै होइन, सदरमुकाम भित्रैको त्यो क्षेत्रको विकास नै ओझेलमा परेको थियो ।

त्यसर्थ आयोजक गुल्मी उद्योग संघले सोही स्थानमा महोत्सव राखेर तम्घासस्थान मन्दिरलाई व्यापक प्रचारप्रसार गर्न गइरहेको छ ।

(गुल्मी महोत्सव १५ कार्तिक देखि २५ कार्तिक ) समाचार भित्र
#उपल्लो तम्घासमा गुल्मी महोत्सव, उत्साहित आयोजक र स्थानीय

#रेसुंगा नगरपालिकाका नगरप्रमुख पन्थीद्वारा महोत्सवको उद्घाटन हुने

#महोत्सवस्थल सम्म जान निःशुल्क बस

#महोत्सव अवधिभर ६० करोड आर्थिक कारोबारको लक्ष्य

#उद्योगमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरिने

#गुल्मेली कलाकारहरुलाई प्रोत्साहन

गुल्मि महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे छ |
संघका अध्यक्ष नवराज भुसालले जिल्लाका पत्रकारहरूले दैनिकी जसो समाचार लेखेर आफुहरूको उदेश्य महोत्सव सुरू नहुँदै आफुहरूलाई निकै उत्साहित पारेको बताउनुभयो । भुसालले अहिलेसम्म गुल्मीमा सम्पन्न भएका महोत्सवहरूमा भन्दा बढि स्टल राखिएको र त्यसमा पनि स्थानीय उत्पादनलाई बढवा दिइएको बताउनुभयो । ‘३ सय स्टल बुकिङ भइसकेका छन् । थप स्टलका लागि माग बढेको छ ।’-उहाँले भन्नुभयो, ‘आजसाँझसम्म थप २० वटा थप्छौं होला ।’

३ ० प्रतिशत सहुलियतमा ५० वटा स्टल स्थानीय उत्पादनका लागि छुट्टाईएको उहाँले जानकारी दिनुभयो । महोत्सवको तयारीका शिलसिलामा आफुहरू काठमाडौ, बुटवल लगायतका ठुला शहरमा रहेका गुल्मीहरूसँग भेटघाट गरेको र उहाँहरूबाट भरपुर सहयोग हुने आत्मविश्वास जागेको बताउनुभयो ।
त्यस्तै गुल्मी जिल्लाका १२ वटै पालिकामा पुगेर उहाँहरूबाट सहआयोजकका रूपमा साथ पाईएको जिल्लाका सबै संघसंस्था सरकारी कार्यालयहरूले पनि सहआयोजककै भूमिका खेलिरहेको उहाँको दाबि छ ।

Related Articles

Leave a Comment