Home » कार्यसम्पादन नतिजा: पालिकामा मालिका पहिलो नगरमा रेसुङ्गा तेस्रो

कार्यसम्पादन नतिजा: पालिकामा मालिका पहिलो नगरमा रेसुङ्गा तेस्रो

by newnagarikdiary
0 comment

कार्यसम्पादन मूल्यांकनमा समग्र स्थानीय तहमध्ये भने अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंक सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन् ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा गुल्मीको मालिका गाउँपालिका देशभरिका गाउँपालिकामध्ये उत्कृष्ट भएको छ । भने रेसुङ्गा नगरपालिका नगरपालिकाभरिमा तेस्रो बनेको छ ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा गुल्मीको रेसुङ्गा नगरपालिका देशभरमै तेस्रो बनेको छ । बुधबार सार्वजनिक नतिजा अनुसार देशभरका नगरपालिका मध्ये रेसुङ्गा तेस्रो बनेको हो ।

रेसुङ्गा नगरपालिकाले ५०.०३ अङ्क प्राप्त गरेको छ । पहिलो बनेको छिमेकी जिल्ला अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले ६१.८१ अङ्क प्राप्त गरेको छ । दोस्रो बनेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले ५३.८४ अङ्क प्राप्त गरेको छ ।

रास्ट्रिय प्राकृति स्राेत तथा वित्त आयोगकाे प्रारम्भिक नतिजा अनुसार रेसुङ्गा नगरपालिकाले ५०.०३ अंक प्राप्त गरी नगरपालिका मध्येमा रेसुङ्गा नगरपालिका देशकै तेस्रो बनेको हाे । भने देशभरका स्थानीय तहमा आठाैं बनेको छ । नेपालमा नगरपालिका २७६ रहेका छन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ
आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा गुल्मीको रेसुङ्गा नगरपालिका देशभरमै तेस्रो बनेको छ । बुधबार सार्वजनिक नतिजा अनुसार देशभरका नगरपालिका मध्ये रेसुङ्गा तेस्रो बनेको हो ।

रास्ट्रिय प्राकृति स्राेत तथा वित्त आयोगकाे प्रारम्भिक नतिजा अनुसार रेसुङ्गा नगरपालिकाले ५०.०३ अंक प्राप्त गरी नगरपालिका मध्येमा रेसुङ्गा नगरपालिका देशकै तेस्रो बनेको हाे । भने देशभरका स्थानीय तहमा आठाैं बनेको छ । नेपालमा नगरपालिका २७६ रहेका छन् ।

त्यस्तै गाउँपालिका भरिमा गुल्मीको मालिका गाउँपालिका देशमा प्रथम भएको छ । मालिका गाउँपालिकाले ५५.४० अङ्क प्राप्त गरेको छ । महानगरपालिका भरमा चितवनको भरतपुर महानगरपालिका प्रथम भएको छ । चितवनले भरतपुर महानगरपालिकाले ५६.२९ अङ्क प्राप्त गरेको छ ।

Related Articles

Leave a Comment