Home » ललितपुर महानगरमा स्मार्टसिटि अलर्ट माेबाईल एपकाे सुरूवात, जुनसुकै गुनासा गर्न सकिने

ललितपुर महानगरमा स्मार्टसिटि अलर्ट माेबाईल एपकाे सुरूवात, जुनसुकै गुनासा गर्न सकिने

by newnagarikdiary
0 comment

ललितपुर महानगरमा स्मार्टसिटि अलर्ट माेबाईल एपकाे सुरूवात, जुनसुकै गुनासा गर्न सकिने

ललितपुर महानगरपालिकाले महानगरको मोबाइल एप सुरू गरेको छ।

बिहीबार एक कार्यक्रम गरी ललितपुर  महानगरपालिका प्रमुख चिरिबाबु महर्जन , नेपाल प्रहरी प्रमुख ,सस्त्र प्रहरी प्रवक्तका साथै अन्य सुरक्षाकर्मी     तथा  अल्पास टेक्नोलोजी एलएमसी प्रा. लि काे  सहकार्यमा   स्मार्ट  सिटी अलर्ट मोबाइल एपको शुभारम्भ भएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए एलएमसी स्मार्ट अलट एपकाे साहायताले नगरका सेवाग्राहीका समस्या, विपत वा गुनासोलाई छिटो र कम समयमा नगरबासीकाे सेवामा २४सै घन्टा खटिने समेत उक्त कार्यक्रममा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जनाए ।

अल्पास टेक्नोलोजी प्रा. लिमिटेडका सिइओ तथा ईन्जिनियर युजेस मलेकु भन्छन् याे त सुरूवातमात्र हाे हामी स्मार्ट सिटी अलट माेबाइल एप काठमाडौं ,भक्तपुर लगायत देशका विभिन्न ठाउँमा  सेवा दिने  लक्ष्य रहेको छ’ ईनजिनियर युजेस मलेकुले  कार्यक्रममा जानकारी गराए ।

मोबाइल एप विशेषगरी महानगर प्रहरीलाई छिटो सूचना दिने तथा सहजरूपमा  सर्वसाधारणले आफ्नो समस्या विपद वा गुनासो छुटे र कम समयमा  नगर बासिकाे सेवाका लागि बनाइएको र एपमार्फत २१ वटा अलर्ट र गुनासाहरु पठाउन सकिने  उक्त कार्यक्रममा जानकारी गराए ।

महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा एप खोलेर तीन पटकको ट्यापमा आफ्नो सन्देश २ देखि ५ सेकेन्ड भित्र  सिधै नगर प्रहरीको कन्ट्रोल रूमसम्म पठाउन सकिने तथा उक्त सूचनाको आधारमा नगरले स्माट मोबाइल एपले दिएको लाेकेसन मार्फत सहयोगका लागि नगर प्रहरी छाेटाे समयमा सेवाग्राहि समक्ष पुग्नसकिने जानकारी गराए।

उक्त  स्माट मोबाइल एपकाे माध्यमबाट सेवाग्राहिले फाेटाे / भिडियो सहित नगर प्रहरीलाई सूचना दिन सक्ने  तथा सूचना दिने व्यक्तिको गाेपनियताकाे समेत ख्याल राख्ने नगरले जानकारी दिए।

यसका साथै अनलाइन  वा  इन्टरनेकाे सुविधा नभएको ठाउँमा समेत सेवाग्राहीहरुलाई ध्यानमा राखि स्माट अफलाइन अन गरे पछि एपले आफै Sms नं दिने समेत कार्यक्रममा जानकारी दिए ।

दमकल, एम्बुलेन्स, शववाहन चाहिएमा पनि एपमार्फत नै सन्देश पठाउन सकिन्छ। त्यस्तै कतै ढल फुटेको वा बिग्रिएको भेटिएमा, सडक बत्ति बिग्रिएको देखिएमा पनि एपमा र्फत सूचना दिन सकिन्छ ।

यसरी अाएका गुनासामा महानगरले छिटोभन्दा छिटाे सम्बोधन गर्ने  पनि जनाए । मोबाइल एपले ठुलो  भूमिका खेल्ने विश्वास महानगरले लिएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए

Related Articles

Leave a Comment