Home » लुम्बिनि प्रदेशमा एमाले सांसदहरुको आक्रोश:बजेट माथीको छलफल बहिष्कार

लुम्बिनि प्रदेशमा एमाले सांसदहरुको आक्रोश:बजेट माथीको छलफल बहिष्कार

by newnagarikdiary
0 comment

शिर्षक: लुम्बिनि प्रदेशमा एमाले सांसदहरुको आक्रोश:बजेट माथीको छलफल बहिष्कार

लुम्बिनि प्रदेशमा नेकपा एमालेले राजनीतिक पूर्वाग्रहका आधारमा असन्तुलित बजेट भन्दै बजेटमाथिको छलफल बहिस्कार गरेको छ ।

मंगलबार आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि छलफलका लागि बोलाइएको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाउँदै बहिस्कार गरेका हुन् ।

त्यसलगत्तै एमालेले प्रदेशसभा संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी निर्देशनालयहरु खारेजी फिर्ता र क्रमागत योजनामा बजेट नराखेसम्म चुप नबस्ने बताएको छ । आक्रोशित एमालेले विगतको सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ अति न्यून बजेट विनियोजन गरेको पनि एमालेले आरोप लगाएको छ ।

Related Articles

Leave a Comment