Home » स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रको आग्रह

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रको आग्रह

by newnagarikdiary
0 comment

काठमाण्डौ ।

पाठ्यक्रम विकास केन्द्रले स्वीकृत भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । सबै पालिका, सामुदायिक तथा संस्थागत विद्यालयहरूका नाममा सूचना निकालेर केन्द्रले स्वीकृतप्राप्त पाठ्य तथा सिकाइ सामग्री मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

शिक्षा नियमावलीमा विद्यालयहरूले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको हुनुपर्ने प्रावधान छ । यस्तै पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका बमोजिम गठित पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङ्कन समितिको सिफारिसका आधारमा विद्यालय तहका पाठ्यसामग्री सूचीकरण गर्ने व्यवस्था छ ।

पाठ्यक्रम विकास केन्द्रले हरेक वर्ष पाठ्यपुस्तक तथा सिकाइ सामग्री स्वीकृत गरी सूचीकरण गर्दै आएको छ । यसरी सूचीमा रहेका पूर्व प्राथमिकदेखि कक्षा १२ सम्मका पाठ्यसामग्री मात्र प्रयोग गर्न केन्द्रले आग्रह गरेको हो ।

Related Articles

Leave a Comment