Home » विपत जोखिम न्यूनिकरणमा अपाङ्गता भएका व्यक्तिलाई ध्यान दिनुपर्छ- गृहमन्त्री श्रेष्ठ

विपत जोखिम न्यूनिकरणमा अपाङ्गता भएका व्यक्तिलाई ध्यान दिनुपर्छ- गृहमन्त्री श्रेष्ठ

by newnagarikdiary
0 comment

काठमाडौं २७, असोज, विपत जोखिम न्यूनिकरण कार्यक्रममा अपाङ्ग भएका व्यक्तिहरूलाई ध्यान दिएर कार्यक्रम बनाउन गृहमन्त्री नारायण काजी श्रेष्ठले आग्रह गरेका छन ।
‘उत्थानशील भविष्यका लागि असमानताविरुद्धको लडाइँ’ को नारासहित विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौंमा अपांगता भएका व्यक्तिहरुको उत्थानशीलता सुनिश्चितता कसरी गर्न सकिन्छ भनेर एक छलफल कार्यक्रम आयोजना गरिएको छ । माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको छलफलमा अपांगता भएका ब्यक्तिहरुका लागि पहुँचयोग्य संरचना, बोधगम्य सूचना संयन्त्र र राहतको सुनिश्चिततामा जोड दिइयो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष निलकण्ठ पौडेलले अपाङ्ग मैत्री विकास निर्माणमा केन्द्रित कार्यक्रम बनाउन आग्रह गरेका थिए।

Related Articles

Leave a Comment