Home » आज कर्णाली प्रदेशमा सार्वजनिक विदा

आज कर्णाली प्रदेशमा सार्वजनिक विदा

by newnagarikdiary
0 comment

शिर्षक: आज कर्णाली प्रदेशमा सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो ।

विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि सो निर्णयका विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो ।

उनीहरुको मृत्य भएपछि तत्कालीन सरकारले साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लालाई जोडेर ६ नं प्रदेश घोषणा गरेको थियो ।

Related Articles

Leave a Comment