Home » ईन्धनको मूल्य घटेसंगै गाडी भाडा पनि समायोजन,बागमतीमा भोली देखी लागु हुने

ईन्धनको मूल्य घटेसंगै गाडी भाडा पनि समायोजन,बागमतीमा भोली देखी लागु हुने

by newnagarikdiary
0 comment

शिर्षक: ईन्धनको मूल्य घटेसंगै गाडी भाडा पनि समायोजन,बागमतीमा भोली देखी लागु हुने

बागमती प्रदेशले भोलि बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ ।

ईन्धनमा स्वचालित मूल्य लागु भएसंगै गाडी भाडा समायोजन गर्न लागेको हो ।

मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घट्ने छ ।

काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै सार्वजनिक यातायात(ट्याक्सी बाहेक) ले १९ रुपैयाँ भाडा लिने गर्थ्यो । बिहीबारदेखि भने १ रुपैयाँ घटेर चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा लाग्ने छ । यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम हुनेछ ।

नयाँ भाडा दर अनुसार काठमाडौं–कुरिनटारसम्मको भाडा २ सय ८७ रुपैयाँ कायम हुनेछ । यसअघि २ सय ९४ रुपैयाँ थियो । यसै प्रकारले अन्य रुटहरुको पनि भाडा घट्ने मन्त्रालयले जनाएको छ ।

ट्याक्सी हकमा भने अघिल्लो भाडादर समायोजन मै घटेकोले अहिलेलाई भाडा नबढाइएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Comment