Home » स्नानकक्षसहितको अपाङगतामैत्री अत्याधुनिक शौचालय जावलाखेलमा

स्नानकक्षसहितको अपाङगतामैत्री अत्याधुनिक शौचालय जावलाखेलमा

by newnagarikdiary
0 comment

स्नानकक्षसहितको अपाङगतामैत्री अत्याधुनिक शौचालय जावलाखेलमा

ललितपुरको जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा ) सहितको अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ । बिहीबारदेखि शौचालय प्रयोगका लागि खुल्ला गरिएको छ ।

ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी उक्त शौचालय बनाएको हो । शौचालय आपङगतामैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिक मैत्री र वातावरणमैत्री छ । शौचालयमा सेनेटरी प्याड समेत उपलब्ध छ । शिशुलाई स्तनपान गराउनका लागि समेत छुट््टै ठाउँको व्यवस्था गरिएको छ । एरोशानले महानगरको मंगलबजार, पाटनढोका र जावलाखेलमा गरी तीन ठाउँमा अत्याधुनिक सार्वजनिक शौचालय बनाएको छ ।

शौचालय उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमख चिरीबाबु महर्जनले ललितपुर महानगरमा भएका शौचालयहरु सफा भएको बताए । उनले भने, ‘शौचालय भन्ने बित्तिकै फोहोर र गाउँछ भन्ने आम धारणालाई हामीकहाँको शौचालयले चिरेको छ ।’ शौचालय नजिकै बसेर चिया खान सकिने गरी शौचालयहरु निर्माण भएका छन् ।

असल अभ्यासहरु अवलोकन गर्ने क्रममा एक डेढ वर्षअघि वंगलादेश पुग्दाको अनुभव सुनाउँदै नगरप्रमुखले भने, ‘ हामी कहाँ भएको शौचालय हेर्दा वंगलादेशको भन्दा पो राम्रो र सफा लाग्यो । वंगलादेशको सार्वजनिक शौचालयमा स्नान कक्ष देखिपछि महानगरले प्रत्येक वडामा बनाउँदै गरेको शौचालयको डिजाइनमा थोरै परिवर्तन गरी स्नानकक्ष थप गरेको उनले बताए ।
वडा नं.४ का वडा अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्यधिक चाप भएको ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा नागरिकहरु लाभान्वित हुने बताए । उनले भने, ‘ चिडियाखाना यस वडामा भएकाले शौचालय खोज्दै आउने धेरै हुन्छन्े, भोटो देखाउने जात्राका बेला तीन चारवटा मोवाइल शौचालय हुँदा पनि पर्याप्त हँदैन थियो ’ निर्माण सम्पन्न यो सार्वजनिक शौचालयले शौचालयको मागलाई केही पूर्ति गर्ने बताए ।

एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र सुभारम्भ मात्रै ठूलो कुरा नभएको बताउँदै यसको संचालन महत्वपूर्ण भएको बताइन् । शौचालयलाई सफा र व्यवस्थित राख्न प्रयोगकर्ताको सहयोग महत्वपूर्ण भएको उनको भनाइ थियो । सोनीका अनुसार यहाँको दिसाजन्य लोदोबाट उर्जा उत्पादन गरिने जानकारी दिइन् ।
वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले खानेपानी, सरसफाइ र स्वच्छतालाई वाटर एडले प्राथमिकता दिएको बताए । दिगो र व्यवस्थित ढंगबाट शौचालय संचालनका लागि सहकार्य अत्यावश्यक भएको बताए ।

लगनखेलमा पनि अत्याधुनिक शौचालय बन्दै
महानगर प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा पनि जावलाखेल, मंगलबजार र पाटनढोकामा भएको जस्तै सार्वजनिक शौचालय आवश्यक भएको बताएका छन् । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहको जानकारी दिए । उनले छिट््टै त्यहाँ सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माणको काम सुरु हुने बताए ।

एक वडा एक शौचालय

ललितपुर ः ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीति अनुसार महानगरको ७ वटा वडामा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ । वडा नं.८, ९, २, १० , २४ , २५, २७ मा सार्वजनिक शौचालय निर्माणको काम भइरहेको हो । महानगरका इन्जिनियरका अनुसार वडा नंं.८, ९, २४, १० ,२ मा बनेका शौचालयमा ’फिनिसिङ’को काम भइरहेको छ । वडा नं.२५ र २७ लेआउट र स्ट्रकचरको काम भइरहेको छ ।

Related Articles

Leave a Comment