Home » चन्द्र भण्डारीद्वारा रेसुङ्गा नगरपालिका प्रथम मेयरकप फुटबल प्रतियोगिता उद्घाटन

चन्द्र भण्डारीद्वारा रेसुङ्गा नगरपालिका प्रथम मेयरकप फुटबल प्रतियोगिता उद्घाटन

by newnagarikdiary
0 comment

रेसुङ्गा नगरपालिकामा सुरू भयाे प्रथम मेयरकप फुटबल प्रतियोगिता

गुल्मीको रेसुङ्गा नगरपालिकामा प्रथम रेसुंगा मेयरकप फुटबल प्रतियोगिता सोमबार देखि सुरु भएको छ ।

उक्त प्रतियोगिताको गुल्मी क्षेत्र नम्वर १ का सांसद डा.चन्द्र भण्डारीले उद्घाटन गर्नु भएको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद भण्डारीले भन्नुभयो,–‘पछिल्लो समय नेपाली युवाहरु कि खेलकुदको मैदानमा भेटिने गरेका छन्। कि त संगितको मनोरञ्जनमा भुलेका छन्, कि त यहाँ युवाहरु विदेश जानका लागि एयरपोर्टमा भेटिने गरेका छन् ।’
यो देशको विकास समृद्धि र आर्थिक विकासका निम्ति अहिले सबैभन्दा ठुलो खेल क्षेत्र बनिरहेको बताउनुभयो । ‘एउटा फुटबल खेलाडीले एउटा बल हानिदिए भने एउटा क्रिकेटरले एउटा छक्का हानिदिए भने त्यस भित्र देशको पहिचान मात्र होइन्, देशको आर्थिक विकास पनि रहेको हुन्छ ।’ उहाँले भन्नुभयो । स्थानीयस्तरमा हुने खेलका माध्यमबाट जिल्लातह हुँदै राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो । सालझण्डी सडकखण्डलाई समयमै सम्पन्न गर्न सके तराईमा चर्को गर्मीले सताईरहेका बेला थुप्रै युवाहरुलाई गुल्मी भित्राएर यहाँको विकास गर्न सकिने उहाँको धारणा छ ।
त्यस्तै रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले प्रथम मेयर कपको अवसरमा गुल्मीका पहिलो राष्ट्रिय, अन्तराष्ट्रिय फुटवल खेलाडी रेसुंगा नगरपालिका–४ सेउघाका स्वर्गीय दल बहादुर राना मगरको स्मरणगर्दै भन्नुभयो,–‘उहाँले गुल्मीलाई राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपुर्ण भुमिका खेल्नु भएको थियो । यसर्थ अब छिट्टै उहाँको शालिक रेसुङ्घा नगरपालिकाले निर्माण गर्दैछ ।’

उहाँले देशकै गौरवका रुपमा चिनिएका गुल्मी घर भएका राष्ट्रिय क्रिकेटर खेलाडी सोमपाल कामी, अर्जुन कुमालको स्मण गर्दै पौडी खेल्ने क्रममा गम्भीर घाईते भएका मोहन त्ररामुको शिघ्र स्वास्थय लाभको कामना समेत गर्नुभयो ।
अर्का खेलाडी तुल बहादुर थापा लगायत राष्ट्रिय खेलाडीहरुको स्मरण गर्दै मेयर पन्थीले नगरपालिका सधैं खेलाडीहरुको साथमा रहेको बताउनुभयो । युवाहरु विदेश पलायन भइरहेको सन्दर्भमा उनीहरुलाई यही रोक्न खेल क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले निति कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।

रेसुङ्गा नगरपालिका भित्रका १४ वटा वडा बीच प्रतिस्पर्धा गराउने उद्देश्यका साथ सुरु भएको प्रथम मेयरकप फुटबल प्रतियोगितमा १२ वटा वडाका टिमहरु मात्रै सहभागि भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले जानकारी दिनुभयो ।

प्रतियोगितामा वडा नम्वर ११ र १४ सहभागि हुन सकेका छैनन् । उद्घाटन सत्र पछि वडा नम्वर १० र १२ बीच रोमन्चक खेल सुरु भएको थियो । जसमा वडा नम्वर १० लाई वडा नम्वर १२ ले शुन्यका विरुद्ध २ गोलले पराजित गरेको थियो ।
दोश्रो खेल वडा नम्वर ९ र १३ का बीच भएको थियो । यो समाचार तयार पार्ने बेला सम्म पहिलो खेलमा वडा ९ ले शुन्यका बिरुद्ध एक गोलले अग्रता लिएको थियो । प्रतियोगिता २८ गते सम्पन्न हुनेछ ।

रेसुङ्गा नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम मेयर कप प्रतियोगितको आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत हरि अर्यालले जानकारी दिनुभयो । बैशाख २५ गते विभिन्न कार्यक्रमका बीच स्थापना दिवस मनाउँन लागिएको बताउनुभयो ।

मंगलरबार बिहान स्थापना दिवसको अवसरमा अर्खलेको प्रसिद्ध भजन, रेसुङ्घा माविका विद्यार्थीले सिक्दै गरेको नौमति बाजा र विभिन्न झाँकी सहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । लगत्तै स्थापना दिवस बिशेष कार्यक्रमको सांसद डा.चन्द्र भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा नगरपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा र पुर्णखोप सुनिश्चिता घोषणा गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासिकय अधिकृत अर्यालले जानकारी दिनुभयो । रेसुङ्गा नगरपालिका २०७१ बैशाख २५ गते स्थापना भएको थियो । नेपाल सरकारले २०६८ सालको बजेट बत्तब्य मार्फत २०६८ श्रावण १ गते देखि तम्घास नगरपालिका घोषणा गरेको थियो । यद्यपी नेपाल सरकारले त्यसलाई कार्यान्वयनमा ल्याएन ।

पछि साविकका तम्घास गाविससँग जोडिएका गाविसहरु अर्खले, सिमिचौर र दुविचौर गाविसहरुलाई समेत आबद्ध गराई यस जिल्लाको नगरपालिका सिफारिस समितिले २०६८ श्रावण ३० गते रेसुङ्घा नगरपालिका नामकरण गर्न सिफारिस गरेको थियो । सोही अनुसार नगरपालिका घोषणा भएको थियो । नगरपालिका स्थापनाको नौं वर्ष पछि प्रथम पटक स्थापना दिवस मनाउन लागेको हो ।

जाँउ हिँड रेसुंगा अभियान विकासको नयाँ आयाम
मनु सुनार, २४ बैशाख, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन देशव्यापी अभियानको रूपमा अगाडि बढाएको
स्राेत रेडियाे रेसुङ्गा

Related Articles

Leave a Comment