Home » नेपालगन्जमा एकिकृत जाँच चौकी (आईसिपि) सन्चालनमा आउने

नेपालगन्जमा एकिकृत जाँच चौकी (आईसिपि) सन्चालनमा आउने

by newnagarikdiary
0 comment

शिर्षक: नेपालगन्जमा एकिकृत जाँच चौकी (आईसिपि) सन्चालनमा आउने
नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी) सञ्चालनमा ल्याउन भएको छ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपालगञ्जमा आइसीपी सञ्चालन गर्न लागिएको हो । समझदारीअनुरुप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

नेपाल–भारतबीच चार सीमा नाकाहरु (विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज) मा दुवैतर्फ समानरुपमा एकीकृत जाँच चौकी (आइसीपी) निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच अगष्ट ३, २००५ मा भएको समझदारी भएको थियो । यही सम्झौता अन्तर्गतको नेपालगन्ज एकिकृत जाँच चौकी हो ।
उक्त जाँच चौकी सञ्चालनका लागि नेपालगञ्ज एकीकृत जाँच चौकीमा पानी ट्याङ्की, सिसिटिभि जडान, नेटवर्किङ्ग, फायरफाइटिङ्ग सिस्टम लगायतका कार्यहरु बाँकी रहेको र उक्त कार्य सम्पन्न गर्न करीव १ महिना लाग्ने देखिएको छ । उक्त जाँच चौकी सञ्चालनको लागि नेपाल इन्टरमोडल यातायात विकासबाट सम्पूर्ण तयारी पुरा भएको र उक्त जाँच चौकी हस्तान्तरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत भारतीय दुतावासमा अनुरोध समेत गरिएको जानकारी समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले गराउनु भयो । जाँच चौकी समितिलाई हस्तान्तरण भएपछि तुरुन्त सञ्चालन गर्न सक्ने गरी तयारी गरिएको र नेपाल इन्टरमोडल यातायात विकास समितिबाट सम्बन्धित निकायहरुसंग समन्वय भइरहेको हुँदा हस्तान्तरण भए पश्चात सञ्चालन शुरु गर्न कुनै समस्या नहुने समेत कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनु भयो ।

विज्ञप्तीमा उल्लेख भए अनुसार नेपालगञ्ज एकीकृत जाँच चौकीमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री श्रवण कुमार पोखरेल, नेपालगञ्ज भन्सार प्रमुख, श्री ध्र्रुवराज विश्वकर्मा, शहरी विकास तथा भवन निर्माण विभाग, नेपालगञ्ज कार्यालयका प्रमुख, श्री विजय केशर खनाल, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक, नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक, श्री हरिकृष्ण मिश्र, मेकानिकल इन्जिनियर, श्री जिवन ढकाल र भारतीय पक्षबाट परराष्ट्र मन्त्रालयका सहसचिव, निर्माण कम्पनी, सरोकारवाला सहितको पदाधिकारी बीच नेपालगन्ज आईसीपीको बाँकी काम सम्पन्न गर्नमा देखिएका समस्याहरुका बारेमा छलफल भई रहेका बाँकी काम पुरा गर्ने गर्ने निर्णय भएको छ । छलफलको क्रममा भारतका परराष्ट्र मन्त्रालयका सहसचिवले निर्माण कार्यलाई तीव्रता दिन र बाँकी काम १ महिना भित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका छन् ।

नेपालगञ्ज एकीकृत जाँच चौकीको निर्माण कार्य विसं २०७७ असोज २६ गते शुरु भएको हो । ४४.३६ हेक्टर क्षेत्रफलमा फैलिएको यस चौकीको निर्माण कार्य हाल अन्तिम चरणमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट विसं २०८० जेठ १८ गते संयुक्तरुपमा उक्त चौकीको उद्घाटन भएको हो ।

Related Articles

Leave a Comment