Home » गुल्मेलीको लागि खुसीको खबर, रेसुङ्गा नगरपालिकामा डायलासिस सेवा सुरु

गुल्मेलीको लागि खुसीको खबर, रेसुङ्गा नगरपालिकामा डायलासिस सेवा सुरु

by newnagarikdiary
0 comment

शिर्षक: गुल्मेलीको लागि खुसीको खबर, रेसुङ्गा नगरपालिकामा डायलासिस सेवा सुरु

रेसुङ्गा नगरपालिकामा डायलासिस सेवा सुरु भएको छ ।

खिलध्वज पन्थी निर्वाचित भए पछि पहिलो कार्यपालिका बैठकबाट तम्घासमै मृगौलाको डायलाइसिस सेवा आरम्भ गर्न आवश्यक व्यवस्था मिलाउने निर्णयलाई कार्यन्वयन गर्दै नगरपालिकामा मेयर पन्थिले डायलासिस सेवा सुरु भएको बताएका छन् ।

गुल्मी जिल्लामै महत्वपूर्ण महत्वकांक्षी योजनाका रूपमा लिईएको मेयर पन्थीले बताएका छन् । उनले भने ‘गुल्मी जस्तो दुर दराजको ग्रामीण भू भागका जनता यो सेवाको अभावमा धेरै कष्ट बेहोर्नु परेको भनदै निरन्तरको खटाई र पहलबाट आज त्यो सपना गुल्मी रेसुङ्गा नगरले सुरु गरेको छ । हेमोडायलिसिसको सम्पूर्ण तयारी पूरा भई अब सेवा आरम्भ हुने अन्तिम चरणमा पुगेको छ ।’

यो सँगै गुल्मीको समुन्नतिमा एउटा ईटाँ थप भएको छ भने दीन, दु:खी र गरीब नागरिक सबभन्दा धेरै लाभान्वित हुने मेयर पन्थीले बताए । सेवा लिन इच्छुक सेवाग्राहीले अस्पताल प्रशासनमा सम्पर्क राख्न नगरपालिकाले अनुरोध गरेको छ ।
रेसुङगा नगरपालिकाले ६५ लाख ३६ हजार रुपैयाँमा पाँच वटा मेसिन खरिद गरेको बताएको छ ।

Related Articles

Leave a Comment