Home » कार्टेलिङ गरि सिमेन्टको मूल्य बढाएको भन्दै मूल्य फिर्ता लिन महासंघको माघ

कार्टेलिङ गरि सिमेन्टको मूल्य बढाएको भन्दै मूल्य फिर्ता लिन महासंघको माघ

by newnagarikdiary
0 comment

शिर्षक: कार्टेलिङ गरि सिमेन्टको मूल्य बढाएको भन्दै मूल्य फिर्ता लिन महासंघको माघ

नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टमा भएको मुल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

निर्माण सामग्रीमा प्रयोग हुने सिमेण्ट उत्पादनसँग सम्बन्धित् इन्धन लगायतका कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेण्टको भाउ बढाइएको नेपाल निर्माण व्यवसायी महासंघको ठहर छ । महासंघले सिमित सिमेण्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएको भन्दै गैरकानुनी रुपमा गरिएको मूल्य वृद्धिमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले आइतवार विज्ञप्ति मार्फत अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको र खुल्ला अर्थतन्त्रको नीति विपरित गरिएको यस किसिमको व्यवहारले ‍पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले स्मरण गराएको छ । म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको आर्थिक र सरकारको निर्णायक नीति संकटको समयमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न महासंघले माग गरेको छ । महासंघले नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष यस्तो कार्टेलिङ मूल्यमा नियमनको माग गरेको छ ।

Related Articles

Leave a Comment