Home » ललितपुर महानगरको १०५ औ दिवस,प्रधानमन्त्रीको ठम्याई मुलुकमै ललितपुर नम्बरवान छ

ललितपुर महानगरको १०५ औ दिवस,प्रधानमन्त्रीको ठम्याई मुलुकमै ललितपुर नम्बरवान छ

by newnagarikdiary
0 comment

शिर्षक: ललितपुर महानगरको १०५ औ दिवस,प्रधानमन्त्रीको ठम्याई मुलुकमै ललितपुर नम्बरवान छ ।

ललितपुर महानगरपालिकाले स्थापनाकालको १०५ औँ वर्ष दिवस मनाएको छ ।

दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगर ऐतिहासिक नगर भएको स्मरण गर्दै महानगरले मुलुकमै महत्वपूर्ण र उदाहरणिय काम गरेको बताए । उनले भने महानगरले सम्पदाको क्षेत्रमा सरसफाईको क्षेत्रमा मूर्त अमूर्त सम्पदा पुननिर्माण,संरक्षण गर्न कसैले ललितपुर महानगरबाट सिकोस प्रधानमन्त्री दाहालले ललितपुर महानगरसंग सरकार सधै हातेमालो गर्न तयार रहेको भन्दै सरकारको पूर्ण समर्थनमा काम गर्न सुझाएका छन् ।

दिवसमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले महानगरलाई शुभकामना दिंदै ललितपुर जस्तै सफा र उदाहरणिय बन्ने बाटोमा काठमाडौं महहहानगर पनि लागेको बताए । उनले भने उपत्यकालाई सुन्दर बनाउन उपत्यका भित्रका सबै नगरमा समावेशी विकाश र सौहार्दपूर्ण हातेमालो हुनु जरुरी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि महानगरलाई शुभकामना दिंदै सडक प्लाई ओभर भवन सम्पदा जस्ता क्षेत्रमा सरकारले पूर्ण साथ दिने बताए ।

महानगर प्रमुख चिरिबाबु महर्जनले प्रधानमन्त्रीले उपस्थित भएर आफूहरुलाई थप हौसला दिएको बताए । यस्तै ललितपुरका मेयर चिरीबाबु महर्जनका अनुसार स्थापना दिवसका अवसरमा स्वास्थ्य बीमाको पनि उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालको सहभागिता थियो । यस्तै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु पनि सहभागि थिए ।

Related Articles

Leave a Comment