Home » सुर्यविनायकमा अपाङ्ग शसक्तिकरण कार्यक्रम, नगर भन्छ अपाङ्ग बजेट नहुँदा हेरचाहमा सकस भयो

सुर्यविनायकमा अपाङ्ग शसक्तिकरण कार्यक्रम, नगर भन्छ अपाङ्ग बजेट नहुँदा हेरचाहमा सकस भयो

by newnagarikdiary
0 comment

शिर्षक: सुर्यविनायकमा अपाङ्ग शसक्तिकरण कार्यक्रम, नगर भन्छ अपाङ्गको लागि बजेट छैन ! कसरी हेरचाह गर्ने ?

भक्तपुरमा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरणका लागि अन्तरक्रिया गरिएको छ ।

भक्तपुरको सुर्यविनायक नगरपालिकाद्धारा आयोजित कार्यक्रममा अपाङ्गताको समग्र अवस्था,समस्या र उनिहरको वृत्ति विकाशका लागि गर्नु पर्ने पहलकदमी विषय अन्तरक्रिया गरिएको हो ।
विषयमा कार्यक्र मकार्यक्रममा सिबि आर अपाङ्ग सस्थाका संस्थापक अध्यक्ष तथा बहु अपाङ्गता विषेश विधालयका संस्थापक रमेश राम श्रेष्ठले अपाङ्गता भएका बालबालिकाका निम्ति भक्तपुरमा मात्रै नभई नेपाल भरी नै अपाङ्गता भएका बालबालिकाको जीवनस्तर माथी उठेको बताए ।

उनले भने ‘साना ठूला सबको जीवन आज धेरै नै सुत्रिएको र समाजमा अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण फरक भएको छ। श्रेष्ठ भन्छन् आज भन्दा केही वर्ष अघि र अहिले धेरै अन्तर भएको छ । अध्यक्ष श्रेष्ठले भक्तपुर जिल्लामा बसोबास गर्ने अपाङ्गता भएका बालबालिकालाई आवश्यक शिक्षा दिने उदेश्यले आफूले सिबिआर संस्था स्थापना गरेको बताए ।

भक्तपुर नगरपालिकाका महिला, बालबालिका , जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका सदस्यले भक्तपुर नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुका परिचयपत्र नविकरण,नयाँ आएकालाई परिचयपत्र वितरण र नगरपालिका र नगरसभाले विनियोजन गरेको बजेटलाई कार्यनयन गर्ने ,कुन कार्यक्रम ल्याउने कस्तो तालिम दिने अपाङ्गता विकासका निम्ति नगरपालिकाले उनीहरूका ब्यक्तिगत बिकासका लागि सिपमुलक तालिम दिने जसमा कागज बाट निर्मित खाम तथा अन्य तालिमहरुमा उनीहरुका क्षमता र बिवेक अनुसारको तालिम दिनका साथै भक्तपुर नगरपालिकाले प्रत्येक महिना डाक्टर सँगै नगर प्रमुख तथा अपाङ्गता भएका ब्यक्तिका साथ घर दैलौ नर्सिङ कार्यक्रमको पनि ब्यबस्था गरेको जानकारी गराए ।

यसै क्रममा अपाङ्गताकै विषयलाई लिएर सहकार्य गर्दै आएका हाल ग्रान्डि अस्पतालमा सिनियर नर्सिङ एडभाइजरका रूपमा कार्यरत कृष्ण देवी प्रजापतिले समाजमा अपाङ्गता भएका ब्यक्ति तथा बालबालिकालाई उनीहरूका अभिभावकहरुले पनि लाजले आफ्नो अपाङ्गता भएका बच्चालाई घरको बुइगलमा लुकाउने गरेकोमा अहिले प्रेम सद्धभाव बढन थालेको बताए ।

अनि हामी तपाईहरु सँग कोहि अपाङ्गता भएको बच्चा छन् भनेर बुझ्न जादा छैन भनेर ढोका कन्द गर्दथे। उनले भने हामी तपाईंको बच्चालाई हाम्रो संस्थामा राख्छौं । शिक्षा दिन्छौं उनीहरूलाई सिपमुलक तालिम दिन्छौं भन्दा कति त रिसाएका पनि छन् । खोज्दै जाने क्रममा कतिपय बच्चाहरुलाई हामीले उनीहरूको छिमेकीले यो घरमा छ अपाङ्ग बच्चा भनेर देखाएको उनले बताए ।

यसका साथै सूर्यविनायक नगरपालिकाका महिला बालबालिका सामाजिक समावेसिकरण नयाँ साखाका प्रमुख सावित्र भट्टराईले आफ्नो नगरले गरेका काम बारे जानकारी दिदै आफ्नो शाखाले धेरै क्षेत्रमा काम गर्नु पर्ने भन्दै अपाङ्गता भएकाहरुको विषयलाई मात्रै हेर्न पाए थप चुस्त काम हुने बताईन ।

सूर्यविनायक नगरपालिकाका महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता समन्वय समितिका शाखा सदस्य रञ्जना पोखरेलले सूर्यविनायक नगरपालिकाले यस बर्ष अपाङ्गता भएका ब्यक्तिहरुका निम्ति गरेका काम तथा आगामी दिनका कार्यक्रम बारे जानकारी गराउँदै नगर तथा वडा स्तरिय अपाङ्गता समन्वय समिति गठन,आवश्यकता अनुसार सहायक सामग्री उपलब्ध गरिएको जस्तै सेतो छडी, हुइलचियर, वाकर बैशाकी तथा पालिकाले २ जना दृष्टि विहिनलाई ल्यापटप पनि दिएको बताए यस्तै नगरले विभिन्न क्षमता अभिवृद्धिका तालिम अन्य अन्तरक्रीयात्मक कार्यक्रम, अपाङ्गता भएको ब्यक्तिहरुलाई तानाव बेवस्थान समिति,परिचयपत्र वितरण ।
जस्मा 82 जनाले रातो कर्ड, निलो 123 पहेलो 53 सेतो 15 गरि कूल 173 जनालाई वितरण गरेको बताए ।
यसका साथै समाजमा मर्यादित भाषाको पनि कमि भएकाले विधालय तथा अन्य सार्वजनिक क्षेत्रमा यसबारे कार्यक्रम गरेको पनि जानकारी गराए ।
३ विधालय तथा कलेजमा १२ विभिन्न प्रकारका अपाङता भएका ब्यक्तिहरुबारे जानकारी मुलक शिक्षा दिएको पनि सदस्य भट्टराईले जानकारी दिईन ।

यसै कार्यक्रममा सदस्य भट्टराईले अपाङ्गता भएको ब्यक्तिहरुका निम्ति सरकारले १८ देखि २२ लाखसम्म छुट्टयाएको र उक्त रकमले अपाङ्गता भएका ब्यक्तिहरुका लागि छुट्टयाइएको बजेटले धान्न नसकिने र उक्त विषयमा सरकार सँग छलफल गरिने पनि उक्त कार्यक्रममा भट्टराईले जानकारी गराईन

Related Articles

Leave a Comment