Home » निर्माण क्षेत्रको कानुनी ज्ञान बाँडन महासंघ सचिवालयमा कानूनी तथा प्राविधिक परामर्श शाखा

निर्माण क्षेत्रको कानुनी ज्ञान बाँडन महासंघ सचिवालयमा कानूनी तथा प्राविधिक परामर्श शाखा

by newnagarikdiary
0 comment

शिर्षक: निर्माण व्यवसायी महासंघ सचिवालयमा विविधत् कानूनी तथा प्राविधिक परामर्श शाखा

नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा विहिवारदेखि विविधत् रुपमा कानूनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायीहरूको सशक्तिकरणमा कानूनी तथा प्राविधिक परामर्श शाखाले सहि र जिम्मेवारी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो । निर्माण क्षेत्रमा कानूनी तथा प्राविधिक ज्ञानको अभावमा निर्माण व्यवसायीहरूले विभिन्न खाले समस्याहरू सामना गर्नु परेकोे भन्दै अध्यक्ष सिंहले अब त्यस्ता समस्या समाधान हुने बताउनुभयो ।

महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नु भएको हो ।

निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष ई. भीमार्जुन अधिकारीले महासंघमा कानूनी तथा प्राविधिक परामर्श शाखा सञ्चालन हुनु अत्यन्त सकारात्मक भएको बताउनुभयो । अधिकारीले शाखाबाट साना निर्माण व्यवसायीहरू अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला जिल्लामा रहेका साना निर्माण व्यवसायीहरूका लागि सचेतनाका अन्य कार्यक्रम पनि आवश्यक भएको अधिकारीले बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष (ए.डी) लामाले सबै खाले निर्माण व्यवसायीहरूका लागि कानूनी तथा प्राविधिक ज्ञान अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो

महासंघका महासचिव रोशन दाहालले व्यवसायीहरूको वृद्धि विकासका लागि महासंघ क्रियाशील रहेको जानकारी दिनुभयो । कार्यक्रममा महासंघका अन्य पदाधिकारीहरू र कार्य समिति सदस्यहरूको उपस्थिति थियो ।

Related Articles

Leave a Comment