Home » वैदेशिक रोजगारीमा जान देउ भन्दा उनिहरुले गोली खाए ! यता छोरो ढल्यो उता विदुवा आमा बेहोस

वैदेशिक रोजगारीमा जान देउ भन्दा उनिहरुले गोली खाए ! यता छोरो ढल्यो उता विदुवा आमा बेहोस

by newnagarikdiary
0 comment

वैदेशिक रोजगारीमा जान देउ भन्दा उनिहरुलाई तातो गोली हानियो,सरकारले उनकी आमालाई के जवाफ दिन्छ

वैदेशिक रोजगारमा फेरी अर्को धब्बा लागेको छ । दक्षिण कोरिया जान ईपीएस परीक्षाको आवेदन दिन पाउनु पर्ने माग राख्दै प्रदर्शनमा उत्रेका युवा र सुरक्षाकर्मीबीचको झडपमा २ जनाले ज्यान गुमाएपछि यस्तो धब्बा लागेको हो ।

शुक्रबार दिनभर ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्र तनाबग्रस्त बन्यो । यस अघि सिप बिल्डिङमा अनुत्तिर्ण भएका कोरियन भाषा प्रशिक्षार्थीले आगामी वर्षको उत्पादनमुलक क्षेत्रको परीक्षामा आवेदन दिनुपर्ने माग राख्दै गरेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि त्यो क्षेत्र दिनभर जस्तै तनाबपुर्ण बनेको हो । ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली ईपिएस कोरिया साखा कार्यलयमा जान प्रहरीले रोक्दा आक्रोशित प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास, लाठी चार्ज र गोली समेत प्रहार गरेको थियो । सुरक्षाकर्मीको झडपमा उपचारका क्रममा पाटन र किस्ट अस्पतालमा मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको छ भने अन्य केहि प्रदर्शनकारी घाइते भएका छन् । यस्तै प्रहरीले दर्जनौ प्रदर्शनकारीलाइ नियन्त्रणमा लिएको छ । प्रहरीले अत्याधिक बल प्रयोग गरेपछि बालकुमारी क्षेत्र हुदै गएको भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडी समेत प्रदर्शनकारीले नियन्त्रणमा लिएर तोडफोड र आगजानी गरेका थिए । आसन्न उत्पादनमुलक क्षेत्रको भाषा परीक्षामा आवदेन दिनपाउनुपर्ने माग राख्दै प्रदर्शन जारी रहँदा उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।

न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । यस अघि उच्च अदालत पाटनको आदेशपछि सिप बिल्डिङ परीक्षामा अनुत्तिर्ण भएका १८ निवदेकलाइ फर्म भर्न दिनु भनेर आदेश दिएको थियो । त्यहि आदेशलाइ टेकेर इपिएस कोरिया साखाले आजका लागि आवेदन भर्न बोलाएको थियो । अदालतको आदेश र आन्दोलनका कारण आवेदन दिने पाउने नजिर स्थापित भएपछि यस अघि सिपबिल्डिङ क्षेत्रमा अनुत्तिर्ण भएका युवा ग्वार्को कार्यलय बाहिर भेला भएका हुन् । उनीहरुलाइ कार्यलय जान रोक्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा स्थिति तनाबपुर्ण बनेको हो । प्रदर्शनमा उत्रेका युवाले आफ्नो माग सुनुवाइ हुनुपर्ने बताएका छन् ।

यस्तै ग्वार्को प्रदर्शनका क्रममा भएको झडपमा दुइ जनाको मृत्यु भएपछि गृहमन्त्रालयले त्यसको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ भने अदालतको आदेश पछि चाल्ने कदम बारे इपिएस कोरिया साखा छलफलमा जुटेको छ । सन् २ हजार ८मा दक्षिण कोरिया र नेपाल सरकारबीच इपिएस सम्झौता भएको थियो । त्यहि सम्झौता अनुसार कोरियाले वर्षेनी नेपाल लगायत १६ मुलुकबाट हजारौ अदक्ष कामदार लैजाने गरेको छ । अहिले सम्म १ लाख १० हजार भन्दा बढि युवा रोजगारीका लागि त्यहाँ पुगिसकेका छन् । सन् २ हजार २४का लागि कोरियाले नेपालबाट थप १६ हजार नेपाली कामदार लैजाने घोषणा गरेको छ । सोहि अनुसार इपिएस साखाले उत्पादनमुलक क्षेत्रका लागि यहि पुष २ देखि ६ गते सम्म अनलाइन मार्फत आवेदन खुला गरेको थियो । त्यसमा हाल सम्मकै उच्च अर्थात १ लाख ४३ हजार भन्दा बढिले फर्म भरेका थिए । दक्षिण कोरिया रोजगारी र कमाइको आकर्षक गन्तव्य मानिन्छ । तर दुइ सरकारबीच भएका सम्झौतामा अदालतको हस्तक्षेप र विभिन्न माग राख्दै आन्दोलन भइरहँदा इपिएस नै जोखिममा पर्ने चिन्ता ब्यक्त भइरहेका छन् । यस विषयमा सरकार, वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा र भाषा प्रशिक्षार्थी जिम्मेवार हुनुपर्छ

Related Articles

Leave a Comment