Home » राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग

राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग

by newnagarikdiary
0 comment

चैत २९ पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०७९ का अवसरमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ बराबरका चामल, दाल, तेल, आलु, मसला लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको एगा पोखराका अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिए ।
संस्थाले वर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थामा असहाय तथा अशक्तलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले व्यवसायीहरूले कोरोना कहरका कारण व्यवसाय प्रभावित भए पनि दैनिक खर्च कटाएर सहयोग गरेको बताए ।
उक्त अवसरमा संस्थागत सहयोगका अतिरिक्त व्यक्तिगत रुपमा एलिसा पोखरेलले ज्येष्ठ नागरिका लागि फलफूल तथा प्रमिला थापाले मरमसला र नवराज अधिकारीले यातायात व्यवस्थामा सहयोग गर्नुभएको उहाँले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कबहादुर कार्कीले विभिन्न संघ संस्थाले गर्ने यस्तै सहयोगले बृद्धाश्रमको सञ्चालनमा सहयोग पुगेको बताए ।
राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विभिन्न संघ संस्था एवम् व्यक्तिको सहयोगका भरमा बृद्धाश्रम सञ्चालन भएको बताउँदै यसको दीगो सञ्चालनमा राज्यको सहयोग आवश्यक भएको धारणा राखे ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, एगा पोखराका सचिव गीता ढकाल पौडेल, कार्यक्रम संयोजक माया सुवेदी लगायतले संस्थाको सहयोगले बृद्धाश्रमको सञ्चालनमा केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Related Articles

Leave a Comment