Home » अपाङगताको कानुन कार्यन्वयनमा समस्या: नागरिक,आर्थिक,सामाजिक,अधिकारको हनन

अपाङगताको कानुन कार्यन्वयनमा समस्या: नागरिक,आर्थिक,सामाजिक,अधिकारको हनन

by newnagarikdiary
0 comment

शिर्षक: अपाङगताको कानुन कार्यन्वयनमा समस्या: नागरिक,आर्थिक,सामाजिक,अधिकारको हनन

सिजन नाछिरिङ राई, नागरिक डायरी संवाददाता: संविधान सशोधन ऐन मा जारी गरिएको अपाङ्गता व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन कार्यन्वयन नहुँदा अपाङ्गता भएकाहररुले सास्ती खेप्नु परेको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।

अपाङ्गता सम्बन्धी काम गर्ने सी बि आर , भक्तपुर जिल्ला अपाङ्गता समन्वय समिति , गुडविल इन्लाइन्मेट फाउन्डेसन नेपाल तथा आदिवासी जनजाति अपाङ्ग संघ नेपाल द्वारा आयोजित संयुक्त कार्यक्रम ऐनलाई पूर्ण कयन्वयन गराएर अपाङ्गताका समस्यालाई निराकरण गर्ने विषय कार्यक्रममा उठान गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति अपाङ्ग संघ नेपालका अध्यक्ष खडग सारु मगरले आफू पनि अपाङ्ग भएको र अपाङ्गता भएका ब्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरूको नागरिक ,आर्थिक , सामाजिक ,तथा सास्कृतिक अधिकारको सम्मान गर्न अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएको उनले बताए ।

अध्यक्ष मगर भन्छन् अपाङ्गताको परिचयपत्र सम्बन्धि ब्यवस्थाको दफा ४ को १ अनुसार अपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र प्राप्त गर्न निज आफैले वा निचको परिवारको कुनै सदस्य वा संरक्षकले स्थानीय तहमा निवेदन दिनु पर्ने, सम्बन्धि वडा स्थानीय सिफारिस सहित प्राप्त अभिलेखको आधारमा मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको एकीकृत विवरण तयार गर्नु पर्ने जस्ता प्रावधान र नियम सरकारले खारेज गर्नुपर्ने उनको भनाई छ ।

अध्यक्ष मगर भन्छन् संविधानक ऐन २०७४ अनुसार सबै नेपाली जनताले सम्मान रुपले सांस्कृतिक कार्यक्रममा सहभागी हुने अधिकार दफा १४ को १ अनुसार अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान आधारमा टेलिभिजन कार्यक्रम ,चलचित्र तथा अन्य कार्यक्रममा सहभागी हुन पाउनु पर्ने तथा नीति निर्माणमा सहभागीताको अधिकार हुनु पर्ने पनि उनले बताए ।

त्यसैगरी बौदिक अपाङ्गता अभिभावक सं सदस्यघका गंगा पौड्यालको आफ्नै समस्या छन् उनको छोरी भोल्गा पौड्याल बौदिक अपाङ्गता हुन उमेरले २४ बर्षको भईन उनको बौद्धिकता अझैसम्म पनि बिकास भएको छैन । यस्ता ब्यक्तिका निम्ति सरकार र आदिवासी जनजाति संघ तथा अन्य निकायले उनीहरूलाई उचित ब्यबस्थापन गरिनुपर्ने उनले बताए । त्यसको साथै हाम्रो सस्था आदिवासी जनजाति संघ तथा अन्य सस्थाका सदस्य छौ तर हामीलाई उक्तले सस्थाका कार्यक्रम तथा त्यमा आएको सेवा सुविधाका निम्ति आजसम्म कसैले पनि हामीलाई प्राथामिक्तामा राखेको छैन अध्यक्ष गंगा पौडयाल भनछन् ।

भक्तपुर जिल्ला स्थानीय अपाङ्गता समन्वय समितिका सदस्य सचिव पलिखेलका अनुसार सरकारले बौदिक अपाङ्गता भएका व्यक्तिहरुको संमिश्रण तथा उचित व्यवस्था गर्नुपर्ने तथा पिडितलाई उचित न्याय दिन सरकारको पहलकदमी लिनुपर्दछ । उनि भन्छन् “यसै विषयमा भक्तपुर जिल्ला स्थानीय अपाङ्गता समन्वय समितिका सदस्य सचिव सुमन पालिखेल भन्छन् बौदिक अपाङ्ग भएका महिला तथा बालबालिकालाई घरेलु यौन हिंसा भएको र यसमा बौदिक अपाङ्गता भएका बालिका जो उनी आफ्नै दाइ र बुबा द्वारा भइ रहेको र उनको उद्धारका निम्ति सदस्य सचिवलाई पटकपटक पिडाका छिमेकी द्वारा सूचना आएको र समितिले उनको घर तथा आसपासका छिमेकीसँग बुझ्ने क्रममा उनी माथि घरेलु यौन हिंसा भएको थियो । सदस्य सचिव पालिखेल भन्छन् हामीले उनको अवस्था थाहा पायौं तैपनि हामी बाट उनलाई केही सहयोग गर्न सकेनौ किनकि कानुनी प्रक्रियामा जाऊ त पिडितको जिम्मेवारी लिन असम्भव भएको कारणले हामीले पिडितलाई सहयोग गर्न सकेनौ सदस्य सचिव भन्नु हुन्छ पिडित बालबालिका जस्ता देश भर कति होलान् उनी त एउटा नमुना हुन् ।

त्यसै विषयमा कुरा गर्दै बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले अपाङ्गताका समस्यालाई प्रदेश सरकारको महत्वपूर्ण विषय बनाउन आफूले जोड दिने बताउँछिन । सदनमा अपाङ्गताका सवालमा आफू बोलिरहेको र यस्ता समस्या हल गर्ने प्रश्ताव पनि प्रदेश सरकारलाई अगाडी बढाउन लगाउने बताउँछिन

कार्यक्रमको प्रमुख अतिथिका रुपमा बागमती प्रदेश सभा सदस्य लक्ष्मी अधिकारी , आदिवासी जनजाति अपाङ्ग संघ नेपालका अध्यक्ष खडग सारु मगर ,त्यसै गरी बौदिक अपांगता अभिभावक संधका सदस्य तथा बौदिक अपांगता भएका बालबालिका , भक्तपुर जिल्ला अपाङ्ग समन्वय समितिका सदस्य , भक्तपुर सि।बि। आर संयोजक सदस्य तथा अपांगता भएका बालबालिकाहरुका साथसाथै अन्य ब्यक्तित्वको पनि उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Comment