Home » विवाह खर्चले अपाङ्ग विद्यार्थीलाई गुल्मीका युटुबर मोहन बस्नेतद्धारा न्यानो कपडा

विवाह खर्चले अपाङ्ग विद्यार्थीलाई गुल्मीका युटुबर मोहन बस्नेतद्धारा न्यानो कपडा

by newnagarikdiary
0 comment

शिर्षक: विवाह खर्चले अपाङ्ग विद्यार्थीलाई गुल्मीका युटुबर मोहन बस्नेतद्धारा न्यानो कपडा

सामाजिक सेवामा निकै सक्रिय गुल्मीका चर्चित युट्युबर मोहन बस्नेतले विवाहको खर्च कटाएर उपल्लो तम्घास माध्यमिक विद्यालय, तम्घासमा अध्ययनरत २७ जना बहिरा तथा सुस्तमनस्थिति भएका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन ।

सामान्य खर्चमा विवाह सम्पन्न गरेका बस्नेतले समुदायिक विद्लयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई विद्यालयकै प्रङगणमा पुगेर मौसमी जिनिस प्रदान गरेका हुन् । बस्नेतले उक्त रकम समाजसेवा र परोपकारमा खर्चिने बताएका छन् । उनकै पहलमा यही पुष १४ गते भाँडगाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविरको आयोजना पनि हुँदैछ।

शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाती तथा मुटु, नसा तथा हाडजोर्नी र मनोरोग विशेषज्ञ चिकित्सकले सेवा दिने पनि उनले बताए। शिविरमा आवश्यकता अनुसार निःशुल्क इसिजी, रगत परिक्षण, भिडियो एक्सरे सेवा पनि रहनेछ ।

‘स्वस्थ तन, स्वस्थ मन: तपाईंको आशिर्वाद, हाम्रो मिलन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको शिविरमा स्वास्थ्य सेवा लिई मौकाको फाइदा लिनुहुन उनको आग्रह छ ।

Related Articles

Leave a Comment