Home » गुल्मीमा सस्ताेमा चामल लगायत खाद्यान्नकाे वितरण गर्न खाद्य संस्थान स्थापना

गुल्मीमा सस्ताेमा चामल लगायत खाद्यान्नकाे वितरण गर्न खाद्य संस्थान स्थापना

by newnagarikdiary
0 comment

गुल्मीमा सुपथ मूल्यमा चामल लगायत खाद्यान्नकाे वितरण गर्न खाद्य संस्थान स्थापना
गुल्मीमा खाद्य संस्थानकाे अाैपचारिक रूपमा चार बिक्री केन्द्रसहित कार्यालय स्थापना भएको छ ।

सदरमुकाम तम्घासमा बुधबार कार्यालय उद्घाटन भएसँगै जिल्लाका चार बिक्री केन्द्र संचालनमा आएका हुन् ।

बुधबार तम्घासमा कार्यालय उद्घाटन गर्दै रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको साथमा सिङ्गो नगरपालिका रहेको बताउनुभयाे । ‘केही भएपनि सस्तोमा उपभोक्ताले खाद्यान्न पाएपछि राहत हुनेछ’ नगरप्रमुख पन्थीले भन्नुभयाे, “स्थानीय उत्पादन खरिद भएपछि बजारकाे सुनिश्चित हुँदा उत्पादन बढ्नेछ ।” नगर प्रमुखले अबको समय उत्पादन र उद्यमशिलताको रहेकाे बताउँदै जिल्लाका चार स्थानमा संचालन भएका बिक्री केन्द्रमार्फत सेवा लिन सबै उपभोक्तालाई आग्रह समेत गर्नुभएकाे छ |

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाले खाद्य सामाग्रीको आपुर्ति गर्दै जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य उपज / बस्तुको बजारीकरणको सुनिश्चितताका लागि कम्पनीको तम्घास शाखा लगायतका अन्य सबै डिपोहरुबाट व्यवस्थापनमा सहयोग हुने विश्वास लिएकाछौँ ।

जिल्लाकाे रेसुंगा नगरपालिकामा तम्घासस्थित हाटबजार, रुरुक्षेत्र गाउँपालिकाकाे बलेटक्सार, मदाने गाउँपालिकाकाे बाँझकटेरी र मालिका गाउँपालिकाकाे अर्खबाङ्गमा बिक्री केन्द्र स्थापना भएका छन् । खाद्यको तम्घासमा शाखा कार्यालय रहेको छ ।

बजार भाउभन्दा सस्तो मूल्यमा चामल लगायतका खाद्यान्न पाइने र यी कार्यालय तथा केन्द्र स्थापना गर्दै लगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख धर्मबहादुर बस्नेतले बताएका छन् । गुल्मी जिल्लामा सक्रियताका साथ बिक्री केन्द्र स्थापना भएसँगै उपभोक्तालाई राहत हुने उनले बताए । लुम्बिनी प्रदेश अन्तर्गत बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम र गुल्मीमा शाखा कार्यालयसहित बिक्री केन्द्र विस्तार भइरहेको गुल्मीमा कार्यालय उद्घाटनकाे क्रममा बस्नेतले जानकारी दिए ।

सरकारको पूर्ण स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गत रहेका बिक्री केन्द्रमा हरेक खाद्यान्नमा पाँच देखि सात प्रतिशत छुट हुने व्यवस्था छ । उपभोक्तालाई राहत दिने यस व्यवस्थामार्फत डिलरले पनि खरिद गरेर साेही मूल्यमा बिक्री गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत रहेको छ ।

Related Articles

Leave a Comment