Home » हत्या अभियोगमा पोखराबाट २ जना पक्राउ

हत्या अभियोगमा पोखराबाट २ जना पक्राउ

by newnagarikdiary
0 comment

पोखरा । पोखरामा एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गत वैशाख ६ गते पोखरा– ६ लेकसाइडस्थित फेवातालको किनारमा खोटाङको दिप्रुङ चुईचुम्मा १ घर भई पोखराको मालेपाटन बस्ने ४४ वर्षकी सेतीमाया अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–१८ खपौदी घर भई लेकसाईड बस्ने वर्ष ३६ का सन्तोष जलारी र उनका छोरा वर्ष १८ को साजन जलारी पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान प्रकिया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Comment