Home » रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र आक्रमण

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र आक्रमण

by newnagarikdiary
0 comment

रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र प्रहार गरेको छ ।

पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ हवाई हमला गरेको हो । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस ३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको छ । क्रेमलिनको सेनाले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणका निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्तलाई उसले मुख्य लक्ष्य बनाएको छ । युक्रेनी ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यसैबीच, युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको छ ।

Related Articles

Leave a Comment