Home » बेलायतकी विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउदै

बेलायतकी विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउदै

by newnagarikdiary
0 comment

बेलायतकी विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपाल भ्रमणमा आउदै छन् ।

उनि फागुन २४ गते काठमाडौं आउने भएकी हुन् । सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

उनले बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको अरुण तेस्रो परियोजनाको अवलोकन पनि गर्ने छिन् ।

Related Articles

Leave a Comment