Home » बाँकी जीवन आर्थिक समृद्धिमा समर्पित गर्छु– प्रचण्ड

बाँकी जीवन आर्थिक समृद्धिमा समर्पित गर्छु– प्रचण्ड

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिमा समर्पित गर्ने बताएका छन्।

गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार समेत रहेका दाहालले चुनावी प्रचार–प्रसारका क्रममा शुक्रबार सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन् । उनले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गरे।

गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताए। उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्तामध्येको आफू पनि एक भएको भन्दै विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने दाबीसमेत गरे।

Related Articles

Leave a Comment