Home » फेदीखोलामा बराल र सुबेदीको कडा प्रतिस्पर्धा, उपाध्यक्षमा एमालेकी गुरुङ अगाडी

फेदीखोलामा बराल र सुबेदीको कडा प्रतिस्पर्धा, उपाध्यक्षमा एमालेकी गुरुङ अगाडी

by newnagarikdiary
0 comment

फेदीखोला । स्याङ्जाको फेदीखोला गाउँपालिकामा गठबन्धनका साझा उम्मेद्वार लक्ष्मी प्रसाद बरालले अग्रता लिएका छन् ।
पालिकाको दुई वटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका बरालले निकटम प्रतिद्वन्दी नेकपा एमालेका घनश्याम सुबेदीलाई ९१ मतले अग्रता लिएका हुन ।
हालसम्म २ हजार ९२४ मत गणना सकिँदा बरालले एक हजार ४ सय २९ मत प्राप्त गरेका छन् । यस्तै निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका सुबेदीले एक हजार ३३८ मतका साथ पछ्याईरहेका छन् ।
एभरेस्ट आवाजलाई प्राप्त विवरण अनुसार पालिकाको वडा नं ५ मा बरालले ३८१ मत प्राप्त गर्दा सुबेदीले ३६१ मत प्राप्त गरे । त्यस्तै वडा नम्वर ४ मा बरालले एक हजार ४८ मत प्राप्त गर्दा सुबेदीले ९७७ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षतर्फ भने नेकपा एमालेकी देउकुमारी गुरुङ ‘चिजा’ले ‘लिड’ गरेकी छन् । उनले एक हजार ४१६ मत प्राप्त गर्दा गठबन्धनबाट प्रत्यासी नेकपा माओवादी केन्द्रका शिव प्रसाद पराजुलीले एक हजार ४१ मात्रै मत प्राप्त गरेका छन् । गुरुङ र पराजुली विचको मतान्तर ३७५ छ ।
गाउँपालिकाको वडा नम्वर ५ मा नेपाली कांग्रेसका डिलबहादुर गुरुङ ४ सय मतसहित निर्वाचित भइसकेका छन् । सो वडामा नेपाली कांग्रेसले वडाध्यक्षसहित ४ सदस्य जितेको छ भने एमालेका तर्फबाट दलित महिला सदस्य निर्वाचित भएकी छन् । यस्तै वडा नम्वर ४ मा भने कांग्रेसका उम्मेद्वारहरु वडाध्यक्ष सहित सबै सदस्यमा निर्वाचित भएका छन् । सो कांग्रेसले जितेका यि दुबै वडामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।
फेदीखोलामा अध्यक्षमा गठबन्धन दलबाट नेपाली कांग्रेसबाट बराल , एमालेबाट सुबेदी, एकीकृत समाजवादीबाट अर्जुन खत्री र मंगोल नेश्नल अर्गानाइजेसनबाट शेरबहादुर गुरुङ प्रत्यासी छन् । यस्तै एमालेबाट गुरुङ, माओवादी केन्द्रबाट शिव प्रसाद पराजुली, जनता समाजवादी पार्टीबाट ईश्वरी थापा कार्की र राप्रपाबाट दुर्गाकुमारी थापा अधिकारी प्रत्यासी छन् ।
पालिकामा नेपाली कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् भने वडा नम्वर १ मा राप्रपाले गठबन्धनलाई सघाएको छ ।

Related Articles

Leave a Comment