Home » डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण ६ जनाको मृत्यु

डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण ६ जनाको मृत्यु

by newnagarikdiary
0 comment

डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । बुधवार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् । पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जना उद्धार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोला भट्टले जानकारी दिएका छन् । ५ जना घाइते रहेका र उनीहरूको उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए ।

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् ।

Related Articles

Leave a Comment