Home » कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने

कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसले संघिय सरकारको सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

सभामुख उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरि उम्मेद्वार टुंगाएको छ । न्यौपानेलाई काँग्रेस संसदीय दलको कार्यालयमा बोलाई उम्मेद्वारी दर्ता गर्ने विषय अगाडी बढाएको हो । बुधबार बिहान बसेको बैठकले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने पार्टीले तयारी गरेको थियो । महिला पुरुष मिलाउनुपर्ने भएकाले एमालेबाट पुरुष उम्मेदवार देवराज घिमिरेले मनोनयन दर्ता गरिसक्नुभएको छ । यसै कारण काँग्रसले महिलालाई उम्मेद्वार बनाएको छ । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

Related Articles

Leave a Comment