Home » अाज साँझदेखि सुदुरपश्चिम प्रदेश हुँदै न्यूनचापिय प्रणाली नेपाल भित्रिदै! यी प्रदेशमा वर्षा हुने

अाज साँझदेखि सुदुरपश्चिम प्रदेश हुँदै न्यूनचापिय प्रणाली नेपाल भित्रिदै! यी प्रदेशमा वर्षा हुने

by newnagarikdiary
0 comment

आज दिनभर देशभरकाे मौसम सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन भने लामाे समय देखि पानी पर्न सकेकाे छैन । महाशाखाले साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने र सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने रातिसामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।

Related Articles

Leave a Comment