Home » अब ट्रायलमा ७० अंक ल्याए पास

अब ट्रायलमा ७० अंक ल्याए पास

by newnagarikdiary
0 comment

अब ट्रायलमा ७० अंक ल्याए पास
अब बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० ट्रायलमा ७० अंक ल्याए पनि पास हुने भएको छ । ७० अंक ल्याई लाइसेन्समा पास हुने नयाँ मापदण्ड आजदेखि लागू भएको छ ।

अब बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पनि पास हुने भएको छ । ७० अंक ल्याए लाइसेन्समा पास हुने नयाँ मापदण्ड मंगलबार देखि लागू भएको छ । बागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक मंगलबारबाट ७० अंकमा ट्रायल पास हुने व्यवस्था सुरुवात गरेका छन् ।

ट्रायल पास हुन ७० अंकमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ आकार को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन । यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ । यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै फलेकबाहिर निस्किए पनि अनुत्तिर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुने व्यवस्था नयाँ प्रणालिमा छ ।

बाग्मती प्रदेशमा लागु भएको पहिलो दिननै ट्रायल दिएर उतिर्ण भएका परीक्षार्थीहरुले यो प्रणालीले मनोबल बढाएको भन्दै खुसी व्यक्त गरे ।

सेवाग्राहीले खेप्नु परेको सानो ईररमा लाईसेन्स लिन नपाउनुको समस्या यो प्रणालीले हल गर्नेमा विश्वस्थ रहेको भेहिकल एकेडमी एण्ड रिसर्च सेन्टर प्रा लि का अध्यक्ष राजेश घिमिरे बताउनुहुन्छ ।

यातायात विज्ञ देवेन्द्र प्रधानले भर्खरै सुरुवात भएको उक्त अंक प्रणाली ट्रायल परीक्षा परीक्षण कालमै रहेको तर रेड लाईटमा नम्बर घटने, लिखित बारम्बार दिनुपर्ने समस्याहरु पनि संशोधन गर्नु पर्ने र परीक्षण संगै सुधारका विषयलाई थप वैज्ञानिक बनाउँदै लैजानुपर्ने बताउनुहुन्छ ।

मुलुकका चारवटा प्रदेशमा लागू भइसकेको अंक प्रणाली वाग्मतीले भने गत असोजदेखि तीन पटक रोकेर अहिले लागू गरेको छ । हाल दैनिक ६ हजार लाइसेन्सको माग छ । लाइसेन्स छाप्ने एउटा मात्र मेसिन भएकाले दैनिक ४४ सयभन्दा बढी लाइसेन्स छापिँदैन । करिब ७ लाख लाइसेन्स अझै छाप्न बाँकी छ । लाइसेन्सको मागलाई ध्यानमा राखेर विभागले नयाँ मेसिन खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । पुरानो प्रणालीमा कूल ३५ प्रतिशत हाराहारीमा परीक्षार्थी पास हुँदै आएकोमा करिब औषत ६० प्रतिशत र अधिकतम सत प्रतिशत समस्या ट्रायलमा हल हुने कार्यलयहरुले बताएका छन् । परीक्षणमा रहेको उक्त अंक प्रणालीले ट्रायलको नाममा भएको वेथिति र लापर्बाही अन्त्य गर्छ गर्दैन भन्ने चुनौतीको विषय छ ।

Related Articles

Leave a Comment