Home » राष्ट्रिय सहमति नभए विचार र लक्ष्यको तालमेल मिल्नेसंग सहकार्य गरेर जाने माओवादी केन्द्रको निर्णय

राष्ट्रिय सहमति नभए विचार र लक्ष्यको तालमेल मिल्नेसंग सहकार्य गरेर जाने माओवादी केन्द्रको निर्णय

by newnagarikdiary
0 comment

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति नभए विचार र लक्ष्यको तालमेल मिल्नेसंग सहकार्य गरेर जाने बताएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र ले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति नभए विचार र लक्ष्यको तालमेल मिल्नेसंग सहकार्य गरेर जाने बताएको छ । शनिवार सम्पन्न स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने बताउनुभएको छ । पौडेलले कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले एउटा दल भन्दा पनि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय अनुरुप अगाडी बढने बताउनुभएको छ । यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने बताउँदै पौडेलले एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफलमै र सहमतीमै सहकार्य गर्ने बताउनुभएको छ ।

स्थायी कमिटि बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको विषय समेत समाधान हुने बताउनुभएको छ । सन्चारकर्मीसंगको संवादमा दाहालले अहिले संवाद जारी रहेको र समस्या समाधान हुने बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारबाट छोड्ने निर्णयका लागि सरकारलाई दुई दिन समय दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सम्बन्धमा सरकारलाई दिएको दुईदिने अल्टिमेटमको समय घर्कँदै गर्दा सहमति जुट्न सकेको छैन । नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलापछि उपप्रधान तथा गृहमन्त्री गुमाएको रास्वपाले पुन सो पद आफ्नो पार्टीलाई दिनुपर्ने अन्यथा सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । शुक्रबार पार्टीको बैठकले सरकार छोड्ने निर्णय गर्नै लाग्दा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको फोनपछि रास्वपा केही निर्णय नगरी २ दिनका लागि पछि हटेको थियो । माओवादी केन्द्रले गृहमन्त्री आफैले राख्ने पक्षमा रहेपछि रास्वपाले सरकारबाट बाहिरिने बताइरहेका बेला यता एमाले अध्यक्ष ओलीले भने सरकार बनाउने बेलाको सहमति पालना गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । शनिवार रास्वपाका विषयमा सत्ताघटक दलका प्रतिनिधिबीच छलफल हुने कुनै विषयमा छलफल नभएको बताउँदै सचिव पौडेलले रास्वपाले सरकारलाई दिएको अल्टिमेटम सकिएपछी उहाँहरुले लिने निर्णयपछी थप गृहकार्य अगाडी बढने बताउनुभयो ।

शनिबार ओलीसँगको छलफलपछि दाहाल पार्टीको स्थायी कमिटि बैठकका लागि पेरिसडाँडा पुग्नुभएको हो । शनिवार अपराह्नसम्म पार्टी बैठकमा सहभागी रहेका दाहालले समाधान हुने बताउनुभएको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वदलीय बैठकमा सहभागी भएर छलफल गर्ने जिम्मा पार्टी सभापति रवि लामिछानेलाई दिएको छ । सरकारको नेतृत्व गरेकाले काम गर्न सहजताका लागि गृहमन्त्री आफैले राख्नुपर्ने पार्टीभित्रबाट प्रधानमन्त्रीलाई दवाव छ भने सत्ता घटक दल राप्रपा, एमाले र रास्वपाले भने गृहमन्त्रालय माओवादीले राख्ने कुरामा सहमत भएका भने छैनन् । एमालेले गृहमन्त्रालय रास्वपालाई नै दिनुपर्ने, मन्त्री को बनाउने सो दललाई नै निर्णय गर्न छोडिदिनुपर्ने बताउँदै आएको छ । यता सरकारमा गइसकेको रास्वपालाई भने सरकारलाई दिएको समर्थन फिर्ता लिन सकस परेको छ ।

Related Articles

Leave a Comment