Home » माधव नेपालले आफ्नो जग र कोख बिर्सनु भयोः बास्कोटा

माधव नेपालले आफ्नो जग र कोख बिर्सनु भयोः बास्कोटा

by newnagarikdiary
0 comment

माधव पराजुली, पोखरा

पूर्वसञ्चारमन्त्री एव्ं नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले माधव नेपालले आफ्नो हैसियत बिर्सिएको आरोप लगाउनुभएको छ । प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो जग र कोख बिर्सेको बताउनुभएको हो । माधव नेपालले तिन दशक सम्म ’एमालेको कमाई खाएर उल्टै एमालेलाई तथानाम गालीगर्नु अचम्मको कुरा भएको बताउनुभयो । “एमाले बाटै उहाँले प्रधानमन्त्री पाउनुभयो, आफ्नो पहिचान बनाउनुभयो तर अहिँले आएर एमालेको नाम सुन्दा नाक खुम्चाउनुहुन्छरे, बास्कोटाले भन्नुभयो” कहाँबाट माधव नेपालको जन्म भयो ? ’उहाँको बुवा आमाले त जन्माउनुभए होला । ’तर माधव नेपालको राष्ट्रिय परिचयको स्रोत एमालेनै हो । आफ्नो बुवाआमा र घर नचिन्ने, माधव नेपालको कस्तो प्रवृत्ति भन्दै प्रश्न उठाउनुभयो । जग र कोख बिर्सिएर जादाँ एमालेको रगत र पसिनाले नेपाललाई गिज्याईरहेको उहाँले बताउनुभयो ।
नेपाल पक्षले देशभक्त पार्टीलाई कमजोर बनाएको आरोप लगाउदै बास्कोटाले कांग्रेसलाई भोट हाल्नु माधव नेपालको महाप्रतिगामी कदम भएको समेत बताउनुभयो । नेपालमा पार्टी फुटाएर गएकाहरु कोहीँ पनि सफल नभएको भन्दै ’वामदेव गौतम र शेर बहादुर देउवाको उदाहरण पनि दिनुभयो भने माओवादी पर्टी पनि फुटेर छिन्नभिन्न भएको बताउनुभयो ।
फरक प्रशंगमा बास्कोटाले गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार सम्बन्धी विद्येयक माथी टिप्पणी गर्दै प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि अकुंश लाउने काम जुन कुनै सरकारले गरेमा एमालेले सशक्त प्रतिपाद गर्ने धारण राख्नुभयो ।

Related Articles

Leave a Comment