Home » भारतीय ट्रकको निर्वाध प्रवेश रोक्न सांसद नेपालीको माग

भारतीय ट्रकको निर्वाध प्रवेश रोक्न सांसद नेपालीको माग

by newnagarikdiary
0 comment

शिर्षक: भारतीय ट्रकको निर्वाध प्रवेश रोक्न सांसद नेपालीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भारतीय गाडीको नेपालमा निर्वाध प्रवेश रोक्न माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद नेपालीले पछिल्लो समय नेपाल भित्रिने भारतीय गाडी संख्या दिनप्रतिदिन बढ्दै गएकाले निर्वाध प्रवेश रोक्न माग गरेका हुन् ।

भारतीय गाडीले उतैबाट सामान लोड गरेर ल्याउने र नेपालका जुनसुकै स्थानमा निर्वाध रुपमा ढुवानी गर्ने हुँदा नेपालमा रहेका झन्डै ७० हजार ढुवानी गाडी थन्किने अवस्थामा पुगेको उनले दाबी गरे । यसले गर्दा ४० प्रतिशत गाडी काम नपाएर थन्किएको उनले तथ्यांक प्रस्तुत गरे। भारतीय गाडीलाई ७२ घन्टे पुर्जी जारी गर्दा नेपाली व्यवसायी मर्कामा परेको उनको भनाइ छ ।

नेपालीले भारतीय गाडी भन्सार नाकामा अनलोड हुने व्यवस्था मिलाउन तत्काल कूटनीतिक पहल गरेर सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । १ वर्षे अवधिमा वीरगञ्ज नाकाबाट मात्रै ९३ हजार भारतीय सवारी साधन भित्रिएको तथ्यांक छ। देशभरमा हेर्ने हो भने यो संख्या २ लाख बढी रहेको छ। यसरी हेर्दा एउटा गाडीले ६० हजार मात्रै भाडा लिए पनि झन्डै ४ अर्ब २० करोड बढी रुपैयाँ भारतीय गाडीले भारत पु¥याइरहेका छन् ।

भारतीय गाडीलाई नियमन गरे रकम विदेशिनबाट जोगिने र यसले व्यापार घाटामा केही कमी हुन जाने दाबी उनले गरे। नेपालमा दर्ता भएका भाडाका सवारी साधनले साढे २ प्रतिशत लाग्ने गरेको छ। भारतीय गाडी निर्वाध सामग्री लिएर भित्रिँदा यसबाट राजस्वमा ठूलो चुहावट भइरहेकाले सरकारले ध्यान दिनुपर्ने उनको माग छ ।

Related Articles

Leave a Comment