Home » बुधबार राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी

बुधबार राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी

by newnagarikdiary
0 comment

शिर्षक: बुधबार राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

माघ १६ गते सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म आयोगले मतदाताको नामावली सार्वजनिक गर्न लागेको हो ।

आयोगले दावी विरोधको उजूरी दिने (प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिनेसमेत आज बिहान ११ बजेदेखि बिहीबार दिँउसो १२ बजेसम्मको समय तोकेको छ ।

सरकारको महत्वपूर्ण र प्रमुख पद राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । जसका लागि फागुन १३ गते मनोनयन दर्ताको समय तोकिएको छ ।

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो । प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ । जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन पाँच प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।

Related Articles

Leave a Comment