Home » पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटरमा ३ रुपैयाले घट्यो

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटरमा ३ रुपैयाले घट्यो

by newnagarikdiary
0 comment

पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटरमा ३ रुपैयाले घटेको नेपाल आयल निगमले जनाएको छ ।

आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको निगमको भनाई छ । प्रतिलिटरको १७८ रुपैया तिर्दै आईरहेकोमा अब भने १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।

Related Articles

Leave a Comment