Home » जनगणनाको लागि कास्कीमा १ सय ९० सुपरीवेक्षक र ८ सय ५० गणक परिचालन

जनगणनाको लागि कास्कीमा १ सय ९० सुपरीवेक्षक र ८ सय ५० गणक परिचालन

by newnagarikdiary
0 comment

माधव पराजुली, पोखरा

जनगणनाको लागि कास्कीमा १ सय ९० सुपरीवेक्षक र ८ सय ५० भन्दा बढी गणक परिचालन गरिएको छ । कास्कीका लागि १ सय ९० सुपरीवेक्षक र ८ सय ५० गणकहरु अहिँले सम्बन्धित ठाउँमा खटिइ तथ्याङ संकलन गरिरहेका छन् । काम गर्ने शिलशिलामा गणकलाई कतै अप्ठयारो परेमा खटाउने गरी २० जना गणक लाई तम तयार अवस्थामा राखिएको छ ।
यसपाली कास्कीको जनसंख्या ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ । २०६८ को जनगणनामा कास्की जिल्लाको जनसंख्या ४ लाख ९२ हजार रहेको थियो । कास्कीमा १ लाख ४५ हजार घरधुरी देखिएका छन् ।
ठूलो स्रोत, साधन, समय र जनशक्ति प्रयोग गरी देशैभर एकैपटक अहिँले जनगणना भईरहेको छ । महाअभियान मानिएको जनगणना बाट सबै स्थानमा यकिन तथ्यांक आउने अपेक्षा गरिएको छ । यहाँ खटिएका गणकहरुलाई सत्य, तथ्य विवरण टिपाउन सरोकारवाला निकायले आग्रह गरेका छन् । जनगणना सकिएको ३ महिनामा प्रारम्भिक नतिजा सार्वजनिक गरि राष्ट्रिय कृषि गणना गर्ने तयारी समेत गरिएको छ ।

Related Articles

Leave a Comment