Home » गठबन्धनको सहमतीः एकीकृत समाजवादीलाई दुई मुख्यमन्त्री, चार मन्त्री र एक राज्यमनत्री दिने

गठबन्धनको सहमतीः एकीकृत समाजवादीलाई दुई मुख्यमन्त्री, चार मन्त्री र एक राज्यमनत्री दिने

by newnagarikdiary
0 comment

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले दुई मुख्यमन्त्री सहति चार मन्त्री र एक राज्यमन्त्री पाउने गरि सहमति भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई प्रदेश नम्बर १ र बागमती प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो ।

दुबै प्रदेशमा हाल एमालेले नेतृत्व गरेको छ । असोज अन्तिम साता  प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गर्नुभएको छ । एमाले नेतृत्वको सरकार ढाल्ने दाबीका साथ समाजवादीलाई दुई प्रदेशका मुख्यमन्त्री दिने गठबन्धनको सहमती भएको हो ।

प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे संसदीय दलको नेता  छन् ।

यता देउवा नेतृत्वको सरकारमा  समाजवादीलाई स्वास्थ्य तथा जनसंख्यासहित, स्वास्थ्य शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालयको जिम्मेवारी  दिने तयारी छ ।

Related Articles

Leave a Comment