Home » कालीगण्डकी कोरिडोरः कतै काम तिब्र,कतै सुस्त, जनप्रतिनिधिको नियमित खबरदारी

कालीगण्डकी कोरिडोरः कतै काम तिब्र,कतै सुस्त, जनप्रतिनिधिको नियमित खबरदारी

by newnagarikdiary
0 comment

माधव पराजुली,पोखरा
उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्र्तगत स्याङ्जा र पर्वत खण्डमा कतै काम तिब्र गतिमा अगाडि बढेको छ भने कतै काम सुस्त छ । कालोपत्रे गर्नको लागि पर्वत तथा स्याङजा खण्डमा अहिँले स्तरउन्नतीको काम भइरहेको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्र्तगत पर्वतको अर्मादी देखि स्याङजाको मिर्मीसम्मकोे ५४ किमी सडक खण्डको स्तरोन्नतीका साथै कालोपत्रे गर्ने काम ६ ओटा निर्माण कम्पनिले गरिरहेका छन् । उक्त खण्डको मिर्मी देखि फलेवास ढिक सम्मको सडक खण्डमा कालोपत्रेको लागि काम भईरहेको छ । सेतीवेणी देखि फलेवास ढिक सम्मको सडक खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम भईरहेको छ । सेतीबेणी देखि पर्वतको रानीपानी सम्म ७ किलोमिटर सडकमा प्यासिफक जलजला जे.भि.ले कालोपत्रे गर्ने काम गरेको छ । यो खण्डमा ६५ प्रतिशत भन्दा बढी सकिएको छ । रानीपानी देखि फलेवास ढिक सम्मको २२ किलोमिटर सडक खण्डमा पनि कालोपत्रे गर्न दुई निर्माण कम्पनिले काम धमाधम गरिरहेका छन् । उक्त खण्डको रानीपानी देखि खबरको भिर सम्म ६ कि.मि.सडकको काम महालक्ष्मिी पाण्डे एण्ड कम्पनी जे.भी.ले गरेको छ । खबरको भिर देखि फलेवास ढिक सम्मको सडक खण्डको १६ कि.मि.मा स्वच्छन्द वर्डवाईड ओमबुद्ध जे.भी.ले स्तारोन्नती र कालोपत्रे गर्ने काम गरिरहेको छ । सेतीवेणी देखि फलेवास सडक खण्ड यसै आर्थीक बर्षमानै कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।
सेतीवेणी देखि फलेवास ढिक सम्मको सडक खण्डमा जति सन्तोषजनक काम भएको छ अन्य खण्डमा भने त्यत्ति काम हुन सकेको छैन् । मिर्मी देखि सेतीबेणी सम्मको सडक खण्डको स्तरोन्नतीका साथै कालोपत्र गर्न दुई निर्माण कम्पनिले काम थालेका छन् ।

उक्त खण्डको ३ कि.मि.सडकको काष्टमाण्डप कालिमनकामना जे.भी.ले गरेको छ भने ७ कि.मी. सडकको काम महादेव खिन्ती अन्जना पराजुली जे.भि.ले गरेको छ ।
उक्त सडक खण्डमा पनि कालोपत्रे गर्नको लागि अँिहले स्तरोन्नती तथा फाउण्डेशनको काम भईरहेको छ । मिर्मी देखि सेतीबेणी बिचको भीरमा कडा चट्टान परेको कारण कामले गति लिन नसकेको हो । उक्त स्थानमा चट्टान फोड्न विस्फोटनको तयारी समेत गरिएको छ । कडा चट्टान हुदा उक्त खण्डको काम सन्तोषजनक हिसाबले आगाडी बढ्न सकेको छैन् ।

सूर्य कन्ट्रक्सनको चरम लापरबाही, १५ दिन भित्र काम नगरे कालोसुचीमा राख्ने

त्यस्तै कालिगण्डकी करिडोर अन्तर्गत फलेवास—मोदीवेणी—अर्मादी सडक खण्डको ट्राक वपन तथा स्तरोन्नति गर्ने जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रा.लि.को चरम लापर्बाहीको कारण उक्त खण्डले कुनै गति लिन सकेको छैन् । उत्तर –दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्र्तगत पर्वत खण्डको फलेवास—मोदीवेणी—अर्मादी सडक खण्डको कामले कुनै गति लिन नसकेको हो ।
सम्झौता गरेको ५ बर्ष वितिसक्दा पनि सूर्य कन्ट्रक्सनले उक्त खण्डको काम गर्न आनाकानी गरिरहेको छ । नौ करोड १७ लाख ४९ हजार २४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्र्याक खुले पनि सवारीसाधन सहज किसिमले चल्ने अवस्था छैन भने मोदीवेणीदेखि अर्मादीसम्मको खण्डमा ट्र्याक खोल्न बाँकी रहेको छ ।
कार्यालयले पटकपटक ताकेता गर्दा पनि निर्माण व्यावसायीले काम शुरु नगरेपछि अब भने कार्बाहीको प्रक्रिया आगडी बढाईने भएको छ । सूर्य कन्ट्रक्सनलाई कालिगण्डकी करिडोर आयोजनाको कार्यालय पाल्पाले अन्तिम चेतावनी भन्दै १५ दिने अल्टिमेटम दिएर पत्र पठाएको छ । कार्यालयले १५ दिन भित्र काम सुचारु नगरे कम्पनिलाई कालोसुचीमा राख्ने चेतावनी दिएको छ ।
धेरै पटक पत्राचार गर्दा पनि काम शुरु नगरेको भन्दै आयोजना प्रमुख कल्पना अधिकारीले दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम शुरु गर्न ताकेता गरेको भए पनि उसले बेवास्ता गरेको बताउनुभयो । आफुहरुले १५ दिनको अल्टिमेटम दिएको र १५ दिन भत्रिमा काम सुचारु नगरे कानूनबमोजिम कारवाही गरिने बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना लामो समयदेखि अलपत्र परेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सूर्य कन्ट्रक्सनले पहिलो चरणको काम नसक्दा उक्त सडक खण्डको कालोपत्रेको लागि थप डेण्डर गर्न समेत बाधा पुगेको छ । १४ किलोमिटर सडक खण्डको लागि कार्यालयले ट्राक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा पर्खाललगायतको काम गर्ने गरी २०७३ साल असार २२ गते सूर्य कन्ट्रक्सन प्रा.लि. सँग सम्झौता गरेको थियो । सम्झौता अनुसार काम सम्पन्न गर्ने मिति सकिएको भएता पनि पटक पटक म्याद थप गरिएको थियो । पर्वतको लाईफ लाईनको रुपमा हेरिएको कालिगण्डकी करिडोर अन्तर्गतको उक्त सडक खण्ड बाहेक अरु सबै सडक खण्डमा धमाधम कालोपत्रे गर्ने काम भईरहेको छ ।

जनप्रतिनिधिको नियमित खबरदारी 

कालिगण्डकी करिडोर समयमै निर्माण सम्पन्न गराउन गण्डकी प्रदेशका पूर्व मन्त्री विकास लम्सालले कालीगण्डकी करिडोर आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारी, अन्य प्राविधिक तथा सम्बन्धित पालिकाका जनप्रतिनिधि सहति कोरिडोर अन्गर्ततको मिर्मी—सेतीवेणी—रानीपानी—फलेवास—अमार्दी सडक खण्डको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा लम्सालले स्याङजा र पर्वतका नागरिकसंग भेट गरी करिडोर निर्माणमा देखिएको समस्याको बारेमा समेत छलफल गर्नुभयो । छलफलका क्रममा स्थानियवासीले करिडोर निर्माण गर्दा घर, गोठ, मा असर परेको र नहर तथा कुलो ,खेत,घर जाने बाटो पुरिएको जस्ता समस्या सुनाएका थिए । अनुगमनको क्रममा देखिएका नागरिकका समस्या तत्काल समाधान गर्न लम्सालले आयोजना प्रमुखलाई निर्देशन दिनु भएको छ । नागरिकले उठाएका सबै समस्याको समाधन पनि गरिने भएको छ । आयोजनाले पुरिएका कुलो,बाटो बनाईदिने भएको छ ।
अनुगमनका क्रममा लम्सालले समयमै काम सम्पन्न गर्न कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । समयमै काम सम्पन्न गराउन जनप्रतिनिधिको पनि निरन्तर खबरदारी भईरहनुपर्नेमा जोड दिनुभयो । कालिगण्डकी करिडोर पर्वत विकासको मेरुदण्ड भएको र जनताको भविष्य यसैमा निहित रहेको बताउनुभयो । कालिगण्डकी करिडोर निर्माणको सबै काम सम्पन्न भएपछि नागरिको जनजिवनमा आमुल परिर्वतन आउने लम्साले बताउनुभयो ।
कालीगण्डकी लोकमार्गलाई धार्मिक मार्गको रुपमा हेरिएको बताउदै लुम्विनी देखि मुक्तिनाथ र यसविचमा पर्ने स्याङजाको राम्दी,सेतीवेणी, पुर्तीघाट,मोदीवेनी दिव्यधाम जस्ता धार्मिक स्थललाई यो राजमार्गले छुने बताउनुभयो । त्यस्तै कृषिको विकासमा पनि कालीगण्डकी लोकमार्ग वरदान सावित हुने उहाँको भनाई थियो ।
विकासको मेरुदण्ड मानिएको कालिगण्डकी करिडोर पर्वत, स्याङ्जा खण्डमा जनप्रतिनिधिहरुले समयमै काम सम्पन्न गर्न नियमित खबरदारी गरिरहेका छन् । कालिगण्डकी लोकमार्ग भनेर पर्वत हुदै कोरोला नाका जोड्ने गरि काम आगाडी बढेको हालको करिडोर पछि बाग्लुङ,गुल्मी बाट लैजाने गरी काम आगडी बढ्यो । त्यसपछि पर्वत, स्याङ्जाका नागरिक निराश थिए । पर्वत क्षेत्र नं. २ बाट निर्वाचित संविधान सभा सदस्य विकास लम्सालले संसद देखि प्रधानमन्त्री कार्यालय,अर्थ मन्त्रालय र भौतिक मन्त्रालयमा नियमित आवाज उठाउदै करिडोर पर्वत खण्डमा ल्याउन सफल हुनुभयो । पहिँले लोकमार्ग भनेर काम भए पनि अहिँले भने कालिगण्डकी करिडोर अन्तर्गत गुल्मी—बाग्लुङ खण्ड र स्याङ्जा, पर्वत खण्ड भनेर कालिगण्डकी पारी र वारी दुवै स्थान बाट सडक लैजाने निर्णय भयो । सोही निर्णय अनुसार अहिँले पारी र वारी दुवै खण्डमा काम भईरहेको छ । कालिगण्डकी करिडोर अनर्तगतको स्याङ्जा,पर्वत खण्ड बाग्लुङको मालढुंगा र स्याङ्जाको मिर्मीमा पुगेर जोडिन्छ र एउटै करिडोर बन्न पुग्छ ।
उक्त खण्डमा कालिगण्डकी करिडोरमा शुन्य समय देखि निरन्तर लाग्नुभएका संविधान सभा सदस्य तथा गण्डकी प्रदेशका पुर्व मन्त्री विकास लम्साल समयमै काम सम्पन्न गराउन दौडिरहनुभएको छ । उहाँले काम ढिला गर्ने निर्माण व्यवसायीलाई नियमित खबरदारी गरीरहनुहुन्छ । उहाँले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न प्रेसर दिनको लागि पनि कहिँले एक्लै त कहिँले कार्यालय प्रमुख सहित अनुगमनमा निस्कनुहुन्छ । उहाँ मात्र नभई उक्त खण्डको काम ढिला नहोस् भनेर राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना पनि बेला बेला अनुगमन तथा निरक्षणमा आउने गर्नुहुन्छ । उहाँहरु जस्तै कालिगण्डकी गाउँपालिकाका अध्यक्ष, गल्याङ नगरपालिकाका प्रमुख, विहादी गाउँपालिकाका अध्यक्ष लगाएतका जनप्रतिनिधिहरु पनि समयमै काम सम्पन्न गराउन कस्सिरहनु भएको छ । उक्त खण्डको काम गर्ने शिलशिलामा कहिँ कतै समस्या आए कार्यक्षेत्रमै जनप्रतिनिधिहरु पुगेका हुन्छन् । यस्ले गर्दा पनि विकास निर्माणमा यहाँका जनप्रतिनिधिको भुमिका तथा खबरदारी नियमित छ । जस्ले कालिगण्डकी करिडोरको काम समयमै सम्पन्न गराउन मद्दत पुग्ने छ ।

स्थानियको मुहार फेर्दै करिडोर

स्याङ्जाको स्यालबासकी मनमाया थापा हिजो आज निकै खुसी हुनुहुन्छ । घर छेउमै राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सडक आएपछि उहाँ दङ्ग हुनुहुन्छ् । उहाँ भन्नुहुन्छ“नसोचेको ठाउँमा बाटो आयो, भिर थियो हिडडुल गर्न पनि धौ धौ थियो । उहाँ जस्तै कालिगण्डकी करिडोर आसपासका नागरिकहरुमा खुसीको सिमा नै छैन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आफ्नो गाउँ सँग जोडिएपछि स्थानीय बासिन्दाको हिजो आज मुहार नै फेरिएको छ् । यातायात सुविधा लिन दुई घण्टा सम्मको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । यत्ति मात्र होईन बिरामी हुदाँ स्ट्रेचरमा बोकेर लैजानुपर्ने समस्या बाट पनि गाउँलेले मुक्ति पाएका छन् । करिडोर पक्कि हुन थालेपछि स्थानियवासीमा खुसीयाली छाएको छ । “सडकले सबै विकासको ढोका खोलेको र आफ्नो दैनिक स्तरमा आमुल परिर्वतन हुने भन्दै स्थानिय हर्षित छन् । गाउँका हरेक उत्पादनलाई बजारसम्म ढुवानी गर्न सहज हुदाँ आफुहरुले उत्पादन गरेको कृषि उपजले पनि मुल्य पाउने भन्दै यहाँका किसान पनि खुसी छन् । गण्डकी र लुम्बिनी प्रदेश, ९ वटा जिल्लाहुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाका जोडिएकाले यस क्षेत्रको मेरुदण्डको रूपमा यो सडकलाई हेरिएको छ । पर्वतलाई चीन र भारत सँग जोडने कालीगण्डकी लोक मार्गको निर्माण कार्य सम्पन्न भए पश्चात उपभोग्य सामानहरू सहजै चीनबाट आयात गर्न सकिने छ ।

आधिखोला र लमाएखोला मोटरेवल पुल यसै बर्ष सञ्चालनमा आउने

कालिगण्डकी करिडोर पर्ने स्याङ्जा,पर्वत खण्डमा ४ वटा मोटरेवल पुल बनाउनुपर्ने छ । त्यो मध्य मोदीखोला र सेतीखोलामा मोटरेवल पुल निर्माण कार्य सम्पन्न भएको छ भने लमाएखोला र आधिखोलमा मोटरेवल पुल निर्माणको काम सन्तोषजनक छैन् । पुल निर्माणको काम एकैसाथ तिव्र गतिमा अगाडी वढाइएको भएता पनि यी र्दुइ स्थानमा निर्माणको काम चार बर्ष भन्दा पहिले देखि थालेको थियो तर पनि अझै काम सम्पन्न भएको छैन् । यी दुवै पुल लामो समय देखि अलपत्र अवस्थामा छन् । मोदीखोला मोटरेबल पुलको निर्माण कार्य मुक्तिनाथ कन्स्ट्रक्सन तथा ओम गौचन र सेतीखोला मोटरेवल निर्माण कार्य सो.एन.विल्डर्स कम्पनीले लिएको थियो । लमाए खोलाको मोटरेबल पुलको नया वाटो गौचन जे.भि. र अधिखोला मोटरेवल पुल निर्माणको जिम्मा रायमाझी पिटि. आर.अधिकारी जे.भी.ले लिएको छ । फलेवासको लमाएखोला मोटरेवल पुल नबन्दा स्थानियवासी आक्रोशति छन् । उक्त स्थानमा भौगोलिक कठिनाई तथा प्राविधिक समस्या सिर्जना हुदाँ मोटरेवल पुलको काम आगाडी बढ्न सकेको छैन् ।
निर्माण थालेको चार बर्ष बित्दा पनि अझै काम सम्पन्न हुन नसकेको कालिगण्डकि करिडोर अन्र्तगत मिर्मी स्थित आधिखोला मोटरेवल पुलको काम यो बर्ष पुरा हुने भएको छ । अनुगमनका क्रममा सम्झौताभएको समय सकिनै लाग्दा पनि पुल नबन्दा नागरिकले समस्या भोग्नु परेको भन्दै जनप्रतिनिधिले चासो राखेका छन् । स्थानिय स्तर बाट पनि उक्त पुल नबन्नु कारण बारे प्रश्न उठीरहेको हुन्छ । अब भने उक्त पुलको काम १५ दिन भित्र आगाडी बढाउने गरि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । उक्त स्थानमा बन्ने मोटरेवल पुल आर.सि.सि. ढलान सहितको नभएको र स्ट्रिल ट्रस्टको मोटरेवलपुल भएको हुदाँ धेरै समय नलाग्ने बताईएको छ । स्ट्रिल ट्रस्टको मोटरेवलपुल जडानको लागि फाउण्डेशनको काम सबै सकिएको छ । उक्त स्थानमा मोटरेवल पुल यहीँ बर्षमानै सञ्चालनमा आउने भएको छ । स्ट्रिल ट्रस्टको ब्रिज फोल्डिङ गर्ने खालको हुन्छ । त्यो ल्याएर तिन दिनमै जडान गर्न सकिन्छ । त्यसैले पनि उक्त स्थानको मोटरेवल पुल बन्न धेरै समय लाग्ने छैन् । यता भौगोलिक कठिनाईका कारण लामो समय देखि अलपत्र परेको फलेवास ढिक स्थित लमाए खोलामा पनि तत्कालको लागि बेलि ब्रिज निर्माण गरेर गाडी गुढ्ने बनाईने भएको छ । आरसिसी पुल निर्माण गर्न उक्त स्थानमा तत्काल प्राविधिक समस्या हुने हुदाँ तत्कालको लागि बेलिब्रिज हालेर गाडी वारपार गर्न सक्ने बनाईने गरि कार्यालयले तयारी थालेको छ । उक्त स्थानमा आर.सि.सि. ढलान सहितको मोटरेवल पुल निर्माणको लागि भने फेरी नयाँ थप अध्ययन, अनुसन्धान तथा सोयल टेष्ट पनि गनुपर्ने देखिएको छ । पुर्वमन्त्री लम्साल र करिडोर आयोजना प्रमुख सहितको अनुगमन कै क्रममा यी दुई स्थानका मोटरेवल पुलको निर्माण बारे स्थानियवासीले चर्को आवाज उठाएका थिए ।

Related Articles

Leave a Comment