Home » एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लोगो र मूल नारा सार्वजनिक

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लोगो र मूल नारा सार्वजनिक

by newnagarikdiary
0 comment

नेकपा एमालेले चितवनमा आयोजना गर्न लागेको दशौं राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो तथा मूल नारा सार्वजनिक गरेको छ ।

एमालेले आज राजधानीमा पत्रकार सम्मेलन गरी मङ्सिर १० गतेदेखि आयोजना हुने महाधिवेशनको आधिकारिक लोगो तथा मूल नारा सार्वजनिक गरेको हो ।  एमालेले महाधिवेशनका लागि एकसिंगे गैँडाको मस्कट सहितको लोगो निर्धारण गरेको छ भने ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने महाधिवेशनको मूल नारा निर्धारण गरेको महासचिव ईश्वर पोखरेलले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव तथा चितवनको पर्यटकीय महत्त्वलाई समेत महाधिवेशनको माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यले महाधिवेशनको लोगोमा हरियो चौर माथि एकसिंगे गैँडाको मस्कट प्रयोग गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशनको प्रचारका लागि पोस्टर तथा भित्तेलेखनको प्रयोग नगर्ने निर्णय भएको समेत जानकारी दिनुभयो ।  एमालेले महाधिवेशनको प्रचारप्रसारका लागि वडा तह सम्मका सबै पार्टी कमिटीहरूले आ–आफ्नो क्षेत्रमा स्वागत द्वारहरू निर्माण गर्ने, राजमार्ग क्षेत्रमा रहेका डिजिटल डिस्प्ले बोर्डहरूको प्रयोग गर्ने, सामाजिक सञ्जाल तथा आम सञ्चारका माध्यमहरू मार्फत कार्यकर्ता परिचालन गर्ने निर्णय प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

Related Articles

Leave a Comment