by newnagarikdiary
0 comment

प्रधानमन्त्री दाहाल: एमाले संगको पार्टी एकता हतारमा भयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीचको एकतामा हतार भएको बताएका छन् ।

चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा दाहालले २०७४ मा एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरे । राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन नसकेको उनले बताए ।

निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको उनले स्मरण गरे ।

अब समाजवादी मोर्चाको सफलतालाई कसैलाई रोक्न नसक्ने दाहालको टिप्पणी छ ।

Related Articles

Leave a Comment