Home » सहरका असल अभ्यास बुझ्न ललितपुर प्रमुख भारतमा

सहरका असल अभ्यास बुझ्न ललितपुर प्रमुख भारतमा

by newnagarikdiary
0 comment

शिर्षक: सहरका असल अभ्यास बुझ्न ललितपुर प्रमुख भारतमा

दिल्लीले फोहोर व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा

भारत (दिल्ली): भारत भ्रमणमा रहेका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले भारतको दिल्लीमा फोहोर व्यवस्थापन क्षेत्रको क्षेत्रमा उदाहरणीय काम भएको बताउँदै त्यसको अनुसरण नेपालले गर्नुपर्ने बताएका छन् ।
बुधबार दिल्ली आइपुगेका महानगर प्रमुख महर्जनले दिल्लीमा रहेको फोहोरमैला प्रशोधन केन्द्रको अवलोकनपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने , ‘यस्तो फोहोर प्रशोधन केन्द्र सबै पालिकालाई आवश्यक छ ,तर पालिकामात्रैको प्रयासले पुग्दैन । ’ फोहोर प्रशोधन केन्द्र खोल्न पालिका मात्रैको लगानीले पनि पुग्दैन, र अर्को कुरा एक पालिकाको फोहोर पर्याप्त पनि हुँदैन । ’

भारत सरकारको निमन्त्रणामा फोहोरमैला व्यवस्थापन, हरियाली प्रबद्र्धन, स्मार्ट सिटीका अन्य अवयवहरुका बारेमा भारतको विभिन्न सहरहरुको असले बुझ्न वडा नंं.१४ का वडा अध्यक्ष अमृत जंग महत र पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठसहित भारत आएका हुन् । महानगर प्रमुख महर्जनले, ‘ फोहोर मैला व्यवस्थापनका लागि यहाँ भएको कामको म मुक्तकण्ठले प्रसंशा गर्छु , ललितपुर महानगरसहित काठमाडौंका अन्य नगरले यसलाई अनुकरण गर्नुपर्छ ।’ पब्लिक प्राइभेट सहभागितामा यो केन्द्र संचालन भएको हो । ‘आरइ सस्टेनिबीलिटी’ लिमिटेडले यो केन्द्र संचालन गरेको हो । यो प्रशोधन केन्द्रबाट २४ मेगावाट बिजुली समेत उत्पादन हुने ‘आरइ सस्टेनिबीलिटी’ लिमिटेडका उपाध्यक्ष डिपी सिंहले जानकारी दिए । यो केन्द्रले प्रशोधित गरेको फोहोरबाट कम्पोष्ट मल बनाइन्छ । बिजुली उत्पादन गरिन्छ । प्लाष्टिकका सामान बनाउनका लागि आवश्यक कच्चा पदार्थ समेत यो प्रशोधन केन्द्रबाट उत्पादन हुन्छ ।

सिंहका अनुसार वार्षिक २० हजार मेट्रिक टन कम्पोष्ट मल उत्पादन हुन्छ । ५० किलोको मललाई २ सय ५० (भारु) पर्छ । फोहोरबाट बग्ने झोल ( लिचेत)को समेत केन्द्रमा प्रशोधन गरिएको छ । उक्त झोलबाट प्रशोधित भएर बनेको पानी बोटविरुवाका लागि प्रयोग गरिने केन्द्रले जनाएको छ ।

प्रशोधन केन्द्रमा जानु अघि महानगरप्रमुख चिरीबाबु महर्जन र मिनिस्ट्रिी अफ हाउजिङ एण्ड अरबान अफियर्सका सचिव मनोज जोशीको बीच फोहोर व्यवस्थापन, हरियाली प्रबद्र्धनलगायत स्मार्ट सिटीका अन्य अवयवहरु, सार्वजनिक यातायात व्यवस्थापन, ट्राफिक नियम उल्लंघन लगायतका विषयमा भएका असल अभ्यासहरुका बारेमा छलफल भएको थियो ।

Related Articles

Leave a Comment