Home » सरकारले गरेको काम प्रधानमन्त्रीलाई होईन नागरिकलाई ठिक लाग्नुपर्छ: गगन थापा

सरकारले गरेको काम प्रधानमन्त्रीलाई होईन नागरिकलाई ठिक लाग्नुपर्छ: गगन थापा

by newnagarikdiary
0 comment

शिर्षक: सरकारले गरेको काम प्रधानमन्त्रीलाई होईन नागरिकलाई ठिक लाग्नुपर्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले गरिरहेको काम प्रभावकारी नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले विकास र सुशासनमा सबलिकरण नभएको बताएका छन् । थापाले ठूल्ठूला काण्डहरूप्रति समर्थन रहे पनि जनतामाझ सरकारले कामको डेलिभरी दिन नसकेको आरोप लगाए।

उनले प्रधानमन्त्री दाहालले ‘कम्फर्ट मेजोरिटी’को धाक लगाउन नहुने बताए। बालुवाटारमा हुने सत्ता गठबन्धनको बैठकमा सबै ठीकठाक भनेर नटार्न पनि आग्रह गरे।

थापाले कुनै बेला सब ठीकठाक नहुन पनि सक्ने चेतावनी दिएका छन् । थापाले नागरिकलाई ठीकठाक जतिबेला लाग्छ त्यो समय मात्र ठिक हुने बताएका छन् ।

Related Articles

Leave a Comment