Home » सभामुखले संसद अवरोध खुलाउने विषयमा शिर्ष नेतासंग छलफल गर्दै

सभामुखले संसद अवरोध खुलाउने विषयमा शिर्ष नेतासंग छलफल गर्दै

by newnagarikdiary
0 comment

शिर्षक: सभामुखले संसद अवरोध खुलाउने विषयमा शिर्ष नेतासंग छलफल गर्दै

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् ।

सभामुख घिमिरेले आज दिउँसो १२ बजे सिंहदरबारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।

सभामुख घिमिरेले आइतबार प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलले शीर्ष नेताहरुसँग नै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसैले आज दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठक अघि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

Related Articles

Leave a Comment